साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिभावकको चिन्ता

छायामा बलभद्र औ अमर छन् ती भक्तिथापा अति पुज्छन् आज वरिष्ठले विनयले मानी फिरङ्गी पति सुम्पिन्छन् कति रत्न प्राकृत यहाँ छानी ठुला वैभव के मानिन्छ दसैँ विदेशतिर छन् छोरा बुहारी सब ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आगो शोषणको बल्यो मुलुकमा पानी भयो गौरव
हर्षोल्लास मनाउने दिन यहाँ के मिल्छ होला अब
टिक्नै यो परिवेशभित्र नसकी जाग्यो वितृष्णा तब
के मानिन्छ दसैँ विदेशतिर छन् छोरा बुहारी सब ॥१

नेपाली जनता पराजित हुने रच्दै गए जाल त्यो
ठाडो बन्न सकेन विश्ववनमा नेपालको भाल यो
पुर्खौली इतिहास मेट्न कसिए नासे महान् सौरभ
के मानिन्छ दसैँ विदेशतिर छन् छोरा बुहारी सब ॥२

संस्कारी हुन लोक मुस्किल भयो बाधा अनेकौँ गरे
हाने खन्जर धर्म माथि खलले दुर्भाव ज्यादा भरे
लाग्दै छन् पर धर्म तर्फ मनुवा लोभी र पापी जब
के मानिन्छ दसैँ विदेशतिर छन् छोरा बुहारी सब ॥३

छायामा बलभद्र औ अमर छन् ती भक्तिथापा अति
पुज्छन् आज वरिष्ठले विनयले मानी फिरङ्गी पति
सुम्पिन्छन् कति रत्न प्राकृत यहाँ छानी ठुला वैभव
के मानिन्छ दसैँ विदेशतिर छन् छोरा बुहारी सब ॥४

वैलायो पहिचान देश जनको छायो निराशा अति
छन् विस्थापित नै कडोर अहिले नेपालका सन्तति
यै चालासित गुज्रिए मुलुक यो होला दिगो के अब?
के मानिन्छ दसैँ विदेशतिर छन् छोरा बुहारी सब ॥५

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
अब म केही बोल्दिनँ

अब म केही बोल्दिनँ

वासुदेव गुरागाईं
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x