साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे सरकार !

गणतन्त्रमा बेइमानलाई माफी दिनुपर्छ असहाय लुटिन्छ डाक्टर कुटिन्छ भान्सामा दाल होइन बजारमा भाउ उम्लिएको छ दशैं होइन कुहिएको उत्सव बेच्ने दाउ उम्लिएको छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

हामीलाई भए होस् नभए नहोस्
तर यहाँको जय होस् ।
हरेक पल्ट सडकमा आउनुपर्ने
न्याय पाउँ भनेर मुख बाउनुपर्ने
हजुरहरूको ढोकासम्म धाउनुपर्ने
ढोका बन्द भए चिच्च्याएर नारा लाउनुपर्ने
हामीजस्तालाई भए होस नभए नहोस्
तर यहाँको जय होस् ।
अपराधै अपराधका रातहरू
मर्मर कुल्चिएर
हाम्रो विश्वासमाथि
विश्वासघातको मदिरा पिएर
तपाईंका बुटहरू
डाक्टर र माष्टरका भाग्यमाथि बजारिएका छन्
आश्वासनका अनगिन्ती झोले पोकाहरू
कहिले यो किनारा

कहिले ऊ किनारा सारिएका छन्
कुनै दूर क्षितिजका
अनिश्चित भाग्यरेखासँग जिस्किन विवश
हामीजस्तालाई भए होस नभए नहोस
तर यहाँको जय होस् ।
चुनाव सकिएको चारदिन पछि
चौरासीको धमास सुन्नुपर्ने
झुटा अभिव्यञ्जना कोथरिएका
मनमौजी कर्कस आवाज सहन नसकेर
हरेकपल्ट कान थुन्नुपर्ने
तपाईंका खेलहरु तपाईँका झेलहरू
सदनभित्रका ठेलमठेलहरू
बेरोजगार भएर हेर्नपर्ने
आफू पछारिएको
पराजित निश्वास जबर्जस्त फेर्नपर्ने
हामी जस्तालाई भए होस नभए नहोस्
तर यहाँको सधैं जय होस ।
अपराधी जेल जाँदाजाँदै
बिचैमा महामहिमको आकाशवाणी झर्छ
गणतन्त्रमा बेइमानलाई माफी दिनुपर्छ
असहाय लुटिन्छ
डाक्टर कुटिन्छ
भान्सामा दाल होइन
बजारमा भाउ उम्लिएको छ
दशैं होइन
कुहिएको उत्सव बेच्ने दाउ उम्लिएको छ
अव्यवस्था र अराजकताको
रमिता हेर्न विवश
हामीजस्तालाई भए होस नभए नहोस
तर यहाँको सधैं जय होस् ।

०००

गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x