साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार काफ्लेको ‘रैथाने’लाई

त्यस्तै अनेसासमा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने २ हजार डलरको अनेसास सुनिल पाठक विशिष्ट पुरस्कारले अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला पुरस्कृत भएका छन् ।

Nepal Telecom ad

वाशिंटन डिसी, १५ जुलाई २०२३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ३१ औं वार्षिक उत्सव तथा २१० औं भानु जयन्ती जूमको माध्यमबाट सम्पन्न भयो ।

अनेसासका केन्द्रिय अध्यक्ष गोवर्धन पूजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. ब्रतराज आचार्य थिए । कार्यक्रममा विभिन्न पदाधिकारीहरूको शुभकामना मन्तव्य, वार्षिक प्रतिवेदन प्रस्तुति तथा सोमाथि छलफल हुनुका साथै विशेष आकर्षणको रुपमा अनेसास पुरस्कारहरूको घोषणा रहेको थियो ।

पुरस्कार समितिका अध्यक्ष तीर्थराज पाण्डेले पुरस्कारको घोषणागरेका थिए । त्यसअघि पुरस्कार समितिका सदस्यहरूले आफ्नो धारणा राखेका थिए । पाण्डेको घोषणा अनुसार यस वर्षको २ हजार डलरको “अनेसास सर्वोत्कृष्ट पुरस्कार ‘रैथाने’ उपन्यासका लागि भारतका रण काफ्लेले प्राप्त गरेका छन् ।

अनेसास होमनाथ सुवेदी डायस्पोरा पुरस्कार ‘बौलाहाको डायरी’का लागि महेश्वर पन्त (अमेरिका), अनेसास श्याम कार्की तथा इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार ‘सन्दिग्ध शताब्दि’ का लागि श्रीबाबु कार्की (नेपाल), अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार ‘रानी तलाउ’ का लागि कल्पना खरेल (नेपाल), अनेसास सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार ‘अरनिको एसिया एक प्रस्तावना’ का लागि गणेशकुमार जिसी (नेपाल), अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार (डायस्पोरा) ‘मृत सागरको उचाइबाट’ का लागि सिन्धु पौडेल (ईजरायल), अनेसास राष्ट्रकवि काव्य पुरस्कार ‘दङ्गी उर्वसी’ का लागि डा.गोविन्द आचार्य (नेपाल), अनेसास स्व. लक्ष्मीदत्त पाण्डे सर्वोत्कृष्ट नियात्रा पुरस्कार ‘आवारा वादल’का लागि निर्मोही व्यास (नेपाल), अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार ‘अपरिचित अनुहार’ का लागि महेश पौडेल (नेपाल) पुरस्कृत भएका छन् । यी सवै पुरस्कारको राशी १ हजार डलर रहेको छ ।

त्यसै गरी अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत-गजल पुरस्कार ‘उर्जा’ का लागि खेम रिजाल (अमेरिका) पुरस्कृत भएका छन् । यसको राशी ५ सय डलर रहेको छ ।

त्यस्तै अनेसासमा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने २ हजार डलरको अनेसास सुनिल पाठक विशिष्ट पुरस्कारले अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला पुरस्कृत भएका छन् ।

यी सबै पुरस्कारहरू आगामि लक्ष्मी जयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने पनि पुरस्कार घोषणाको क्रममा जनाइएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x