सुलसुलेघिमिरेको कविताकृति ‘भावनाका रङ्गहरू’ विमोचन
कार्यक्रममा घिमिरेको कृति प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई, साहित्यकार खेमलाल पोख्रेल, प्राध्यापक अन्जना शर्मा, लेखक रेवती घिमिरेले संयुक्त रुपमा कृतिको बिमोचन गर्नु भएको हो ।

दमक, झापा ०८० असार ३० । साहित्यकार रेवतीप्रसाद घिमिरेको कृति ‘भावनाका रङ्गहरू’ डा.गोबिन्दराज भट्टराईको प्रमुख आथित्यतामा विद्या शिल्प एकेडेमी दमक झापामा सम्पन्न भयो ।
कार्यक्रममा घिमिरेको कृति प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई, साहित्यकार खेमलाल पोख्रेल, प्राध्यापक अन्जना शर्मा, लेखक रेवती घिमिरेले संयुक्त रुपमा कृतिको बिमोचन गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डा.भट्टराईले आफूले उत्पादन गरेको विद्यार्थीले यस किसिमको कार्यक्रम गरेर कृति विमोचन मद्वारा नै गराएकोमा आफूले गौरवान्वित महसुस गरेको छु र कृतिकारको यो कृति पहिलो भएकोले अरु धेरै कुरा बोलिरहनु नपर्ने र कृति अत्यन्तै आञ्चलिकतामा रहेको भन्दै बधाई दिनु भयो । अब यसपछि उहाको अर्को कृति पनि चाँडै आउनुपर्ने भट्टराईले बताउनु भयो । उहाँले दमकमा भए गरेका साहित्यिक गतिविधि प्रति चिन्ताप्रकट गर्नु भयो । स्थानीय सरकार र केहि झोले साहित्यकारहरूका कारण दमकको साहित्य धरापमा पुगेको बताउनु भयो ।
कार्यक्रममा लेखक रेवतीप्रसाद घिमिरेलाई हार्दिक बधाई शुभकामना व्यक्त गर्दै अधिकांश बक्ताहरूले झापामा हुनेगरेका कार्यक्रमहरुमा जात र राजनीतिको रङ लगाएर साहित्यलाई धमिल्याएको प्रति आपत्ति ब्यक्त गरे । सवमोचित कृतिका लेखकलाई बधाई शुभकामना दिनेहरूमा साहित्यकारहरु टंक पाठक, जयप्रसाद आचार्य, बिन्दु दहाल, झाँक्रीखोले, लक्ष्मी खनाल, कमलराज भट्टराई, अम्बिका सापकोटा, गोपाल दहाल, शकुन्तला सुब्बा, मेघनाथ बन्धु, त्रिलोचन रेग्मी, हेमकला न्यौपाने, भूमिका चापागाईं, भावना सुब्बाले कृतिभित्रबाट एक एक रचना र आफ्नो पनि रचना प्रस्तुत समेत गरेका थिए ।
आसामका कवि प्रमोद खरेलले यसकिसिमको कार्यक्रममा सहभागी हुन पाएकोमा लेखकलाई बधाई र शुभकामना दिनु भयो । कार्यक्रममा इन्द्रप्रसाद घिमिरे, रामकुमार उपाध्याय, राजकुमार खड्गा, विद्या शिल्प एकेडेमीका प्रिन्सिपलले समेत बधाई शुभकामना दिनुभएको थियो ।
डा.व्यन्जना शर्माले कृतिको समीक्षा गर्नुभएको थियो । शर्माले कृति प्रेमिल रसमा रहेको र सायद लेखकले प्रेममा धोका खाएका छन् कि भन्ने प्रश्न पनि राख्नु भयो । ‘भावनाका रङ्गहरू’ एउटा जीवनको उतरार्धमा आए पनि अत्यन्तै मौलिक र सरल भएकोमा लेखकको प्रंशंसा गर्दै बधाई समेत दिनु भयो ।
लेखक रेवतीप्रसाद घिमिरेले आफूले तीसको दशकदेखि लेखनलाई अगाडि बढाए पनि आफ्नै कारण र शिक्षण पेशाले गर्दा कृति प्रकाशन गर्न नसकेको तर्क राख्नु भयो । समीक्षकले राखेको प्रश्नको जवाफ दिँदै लेखक घिमिरेले आफ्नो कृति प्रेम वेदना निकट रहे पनि आफूले त्यस्तो नभोगेको र समाजमा घटेका घटनाहरूद्वारा आफू प्रभावित भएको बताउनु भयो ।
विद्या शिल्प एकेडेमीको आयोजनामा भएको कार्यक्रममा निर्मला भट्टराईद्वारा सञ्चालित कार्यक्रममा यस क्षेत्रका कवि लेखकहरूको घनिभूत उपस्थिति रहेकोे कार्यक्रमको सभापतित्व साहित्यकार खेमलाल पोख्रेलले गर्नु भएको थियो ।
०००
तस्वीर- राजकुमार खड्गा
Subscribe
Login
0 Comments
Oldest












































