साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लगानी हरायो

सदाचार के हो नजानेर आयो भुवादार कालो बफादार आयो सुराकी खुराकी सँगैसाथ आयो उचालेर झण्डा बितण्डा चलायो ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

भयो स्वार्थ हावी म जान्ने बतायो
छ स्वार्थी छुरा जो लुकाएर आयो
उताको यता भो यताको कता यो
हुँदा भ्रष्ट चाला लगानी हरायो ।१

छ व्यापार कस्तो खुराफात आयो
पुराना नयाँको सबैथोक खायो
दलाली उदायो र उल्का चलायो
हुँदा भ्रष्ट चाला लगानी गुमायो ।२

धराधाम बेचे र माया हरायो
न बाँच्ने न मर्ने उदाशी बनायो
पराया कलोले हरामी पलायो
भयो भ्रष्ट पापी लगानी गुमायो ।३

सबै पार्छ कालो उज्यालो हरायो
यता अन्ध सस्तो गुलामी जनायो
छ सत्ता मलामी दुराचार छायो
हुँदा भ्रष्टचाला लगानी गुमायो ।४

कतै पेट खाली कचौरा हरायो
र मार्सी हसुर्दै घमेरा लगायो
न नाना र छाना रुवाएर खायो
छ जाली र झेली लगानी उडायो ।५

सदाचार के हो नजानेर आयो
भुवादार कालो बफादार आयो
सुराकी खुराकी सँगैसाथ आयो
उचालेर झण्डा बितण्डा चलायो ।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x