साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य चौतारीको वार्षिक उत्सव सम्पन्न

सम्मानित व्यक्तित्वहरलाई प्रमुख अतिथि मनु मञ्जिल, संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले दोसल्ला, अविरटीका र सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

Nepal Telecom ad

विरतामोड, झापा ०८० असार ३१ । साहित्य चौतारी विर्तामोड झापाले आफ्नो २४ औँ वार्षिक उत्सव तथा २१० औँ भानु जयन्ती एवम् चौतारीको रजत वर्ष प्रवेश कार्यक्रम विर्तामोडमा भव्यरुपमा सम्पन्न गरेको छ ।

प्रख्यात कवि मनु मञ्जिलको प्रमुख आतिथ्य, वरिष्ठ अधिवक्ता तथा साहित्यकार लीला उदासी, आख्यानकार पुण्य प्रसाद खरेल, निवर्तमान प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार डा.पुण्यप्रसाद सिग्देल, लोकगायक देवी गौतम( इलाम), कथाकार भवानी क्षेत्री, साहित्यकार युवराज काफ्ले( माटीगडा,भारत), चौतारीका पूर्व अध्यक्ष टङ्क काफ्ले विकल्पको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रम सामुहिक राष्ट्रगान, दिवंगत पितृहरू, दिवंगत स्रष्टाहरू, ज्ञातअज्ञात शहिदहरूप्रति एकमिनेट मौनधारण, पानसमा दीप प्रज्वलन गरि प्रारम्भ गरिएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि विद्यालयमा साहित्य चौतारी अभियानका संयोजक साहित्यकार भानुभक्त कुभिण्डेलीले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा चौतारीका अध्यक्ष हस्त परियारले चौतारीले एकवर्षसम्म गरेका कार्यक्रमहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । चौतारीका सल्लाहकारद्वय राजेन्द्रकुमार सङ्ग्रौला र कृष्ण पौडेललाई दीर्घ सेवा सम्मानबाट सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूमध्ये कृष्ण पौडेलकोको परिचय गराउँदै उहाँलाई प्रदान गरिने सम्मान पत्र चौतारीको सचिव देवीचरण भण्डारीले र राजेन्द्र सङ्ग्रौलाको सम्मान पत्र सदस्य चित्रा पौडेलले वाचन गर्नु भएको थियो ।

सम्मानित व्यक्तित्वहरलाई प्रमुख अतिथि मनु मञ्जिल, संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले दोसल्ला, अविरटीका तथा सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यालयमा साहित्य चौतारी अभियान अन्तर्गत जिल्ला स्तरीय अन्तर विद्यालय कविता, गायन नृत्य,चित्रकला फाईनल प्रतियोगिताबाट प्रथम द्विती तृतीय र शान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

गायन तर्फ प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः कनकाई मा वि सुरुङ्गाकी विद्यार्थी दीया काफ्ले, गौरीगञ्ज मा.मा वि गौरीगञ्जकी छात्रा अवितामाया चेपाङ, दु्र्गा मा.वि. गरामनीको छात्र उमेश गौतमले प्राप्त गरेका थिए । कवितातर्फ हिमालयन मा.वि.दमककी छात्रा गरिमा न्यौपाने प्रथम, महेन्द्ररत्न मा.वि. समयगढकी छात्रा दिलसा वि.क. द्वितीय, जनता मा वि गौरादहकी छात्रा लीला खत्री तृतीय र फूलवारी मा.वि चकचकीकी छात्रा शिवानी पोखरेलले शान्त्वना स्थान प्राप्त गरेका थिए ।

कविताको शीर्षक राष्ट्र र राष्ट्रियता दिइएको थियो र कविता तत्काल लेखेर वाचन गरेका थिए । चित्रकला दुर्गा मा वि गरामनीकी छात्रा कृतिका मैनाली प्रथम, जनता मा.वि.गौरादहका छात्र सागर तामाङ द्वितीय र झिलझिले मा वि शिवसताक्षीकी छात्रा सोनीया विक तृतीय भएकी थिइन् ।

नृत्य तर्फ शान्ति आदर्श मा वि बुद्धशान्तिकी छात्रा विष्णु गहतराज प्रथम, भद्रपुर मा.वि.का छत्राहरू रेखा कार्की र युनिसा पुरी (सामुहिक नृत्य) द्वितीय, जनता मा.वि. गौरादहका छात्राहरू साकिरा श्रेष्ठ, सृष्टिका दाहाल, प्राप्ति दाहाल र नुमा लिम्बू (सामुहिक नृत्य) तृतीय र दुर्गा मा.वि. गरामनीकी छात्रा मनिषा लामाले शान्त्वना स्थान प्राप्त गरेका थिए ।

गायन तर्फ कमला खनाल र कमला राई निर्णायकमा रहनु भएको थियो भने कवितातर्फ डिल्लीराज नेपाल, दिलीप घिमिरे र अभागी थेगुवा निणर्ायकमा रहनु भएको थियो । नृत्यतर्फ भने कुमार अनुरागी, निशु निरौला र कमला खनाल निर्णायकमा रहनु भएको थियो । चित्रकला तर्फ युवराज रिजाल र हिम्मत नेम्वाङ निर्णायकमा रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मनु मञ्जिलले मन्तव्य सहित कविता वाचन गर्नु भएको थियो भने वरिष्ठ अधिवक्ता तथा कवि लीला उदासी र सम्मानित व्यक्तित्व राजेन्द्र सङ्ग्रौला, सीमापारीबाट युवराज काफ्ले, चौतारीकी सल्लाहकार तथा कथाकार भवानी क्षेत्री र निवर्तमान प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईले मन्तव्य राख्नु भएको थियो ।

चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले रामायण गायन गर्नु भएको थियो । चौतारीका पूर्व अध्यक्ष टङ्क काफ्ले विकल्प र दुःखी महल तिम्सिनाले कविता वाचन गर्नु भएको थियो भने विवश बलिभद्र कोईराला र दीपा दाहालले गजल वाचन गर्नु भएको थियो भने कविता पौडेल (बोईगाउँअसम) ले कविता वाचन गर्नु भएको थियो ।

चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण सुवेदी निराकारले राख्नु भएको थियो भने सञ्चालन सचिव खगिन्द्रा खुसीले गर्नु भएको थियो।

०००
– झापाबाट देवीचरण भण्डारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x