रामशरण न्याैपानेडिस्को लाग्दैछ धाम यो
साठी काटेर के गर्नु ? वय तीस गनाउँछ दोहोरी जान रातीमा, मिसको फोन आउँछ । उफ्रिन्छ मनको घोडा, कस्ले खिच्छ लगाम यो ? चाहन्छु रङ्गमा डुब्न, डिस्को लाग्दैछ धाम यो ।

रामशरण न्यौपाने :
बुढो भएर के गर्नु ? छैन फुर्सद कामको
बुढीले ताकिता गर्छिन्, नाम जप्नु छ रामको ।
योगी नै योगमा छैन, फस्दैछन् भोगमा अति
पहेलो वस्त्र ओढेर, गर्छन् कालो कुकर्म ती ॥
पाका मानिस आफैँमा, पाको भन्न डराउँछन्
बुढी छोडेर रातीमा, घरदेखि हराउँछन् ।
बुढ्यौलीका कथा लेख्दै, रित्याऊँ किन यो मसी
सारथि छन् यहाँ हाम्रा, पुगेका सत्तरी असी ।
देश तान्ने कुनै छैन, चिन्ता डुब्ने छ आमको
सबै छन् स्वार्थमा मान्छे, दौडिन्छन् पछि दामको ।
बुढ्यौली खासमा के हो ? शव्दमा हुन्न वर्णनै
ज्ञानले खारिएको त्यो, जिन्दगी हो सुवर्ण झैँ ।
ठाडो चन्दन लाएर, हिँड्नुपर्छ सधैँभरि
वसन्ती बाग सम्झेर, मन उड्छ चरोसरि ।
हिँडेको मार्गमा देख्दा, बैँसका नव शोडषी
सम्झिन्छु म स्वयं इन्द्र, उनै रम्भा र उर्वशी ।
साठी काटेर के गर्नु ? वय तीस गनाउँछ
दोहोरी जान रातीमा, मिसको फोन आउँछ ।
उफ्रिन्छ मनको घोडा, कस्ले खिच्छ लगाम यो ?
चाहन्छु रङ्गमा डुब्न, डिस्को लाग्दैछ धाम यो ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































