साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिस्को लाग्दैछ धाम यो

साठी काटेर के गर्नु ? वय तीस गनाउँछ दोहोरी जान रातीमा, मिसको फोन आउँछ । उफ्रिन्छ मनको घोडा, कस्ले खिच्छ लगाम यो ? चाहन्छु रङ्गमा डुब्न, डिस्को लाग्दैछ धाम यो ।

Nepal Telecom ad

रामशरण न्यौपाने :

बुढो भएर के गर्नु ? छैन फुर्सद कामको
बुढीले ताकिता गर्छिन्, नाम जप्नु छ रामको ।

योगी नै योगमा छैन, फस्दैछन् भोगमा अति
पहेलो वस्त्र ओढेर, गर्छन् कालो कुकर्म ती ॥

पाका मानिस आफैँमा, पाको भन्न डराउँछन्
बुढी छोडेर रातीमा, घरदेखि हराउँछन् ।

बुढ्यौलीका कथा लेख्दै, रित्याऊँ किन यो मसी
सारथि छन् यहाँ हाम्रा, पुगेका सत्तरी असी ।

देश तान्ने कुनै छैन, चिन्ता डुब्ने छ आमको
सबै छन् स्वार्थमा मान्छे, दौडिन्छन् पछि दामको ।

बुढ्यौली खासमा के हो ? शव्दमा हुन्न वर्णनै
ज्ञानले खारिएको त्यो, जिन्दगी हो सुवर्ण झैँ ।

ठाडो चन्दन लाएर, हिँड्नुपर्छ सधैँभरि
वसन्ती बाग सम्झेर, मन उड्छ चरोसरि ।

हिँडेको मार्गमा देख्दा, बैँसका नव शोडषी
सम्झिन्छु म स्वयं इन्द्र, उनै रम्भा र उर्वशी ।

साठी काटेर के गर्नु ? वय तीस गनाउँछ
दोहोरी जान रातीमा, मिसको फोन आउँछ ।

उफ्रिन्छ मनको घोडा, कस्ले खिच्छ लगाम यो ?
चाहन्छु रङ्गमा डुब्न, डिस्को लाग्दैछ धाम यो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्ध आश्रम बनून् शिवालय

वृद्ध आश्रम बनून् शिवालय

रामशरण न्याैपाने
वृद्धमा खुसी फुलोस् …

वृद्धमा खुसी फुलोस् …

रामशरण न्याैपाने
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

रामशरण न्याैपाने
फर्केन छोरो दिन दागबत्ती

फर्केन छोरो दिन दागबत्ती

रामशरण न्याैपाने
होली

होली

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x