साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कता गयो एकता ?

विगलित थियो मन उडानमा छौ कता प्रचलित कुशासन कुवेर छायौ यता असहज भयो किन बजारमा शुष्कता खल हृदय बिझ्छ र हतारमा एकता ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

स्खलित छ सताउन जलाइयो लौ यता
गलित छ फसाउन लुकाइयो खै कता
कपट धमिलो कर लगाइयो खै कता
अलमल बनाउन कता गयो खै कता ।१

छलफल भयो किन गरे यता एकता
झलमल छ सूर्य त ढले गले ए कता
दिगमिग रसातल पुगे दले को कता
भ्रमित कमिला हुल कता भयो एकता ।२

रजगज प्रशासन हुँडारको एकता
दलबल घुसाउन छ श्यालको एकता
अविरल झरीबिच उदाउने ए कता
सविनय गुलाम छ कता गयो एकता ।३

अधिक छलको बल सुनाइयो खै कता
कलुष दल मादल बजाइयो लौ यता
खुसुखुसु छ निणर्य गराइयो खै कता
लुटुपुटु छ आलय लदाइयो एकता ।४

सदन छ त निर्भय हुलेर सङ्घीयता
दलबदल तिब्र छ छलेर धामा कता
अतिशय छ रोदन मिलेर ढाँट्यौ यता
प्रतिशत समागम निलेर आयौ कता ।५

विगलित थियो मन उडानमा छौ कता
प्रचलित कुशासन कुवेर छायौ यता
असहज भयो किन बजारमा शुष्कता
खल हृदय बिझ्छ र हतारमा एकता ।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x