साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्षमा दिने पशुपति

पुराना हिसाब खोतलेन पुराना घाउ कोट्याएन ढुङ्गा हान्नेलाई फूलका माला दियो धर्म अफिम भन्नेलाई ईश्वर मिथ्या भन्नेलाई आफ्नै चरणमा झुकाई छाड्यो ।

Nepal Telecom ad

उमा शर्मा :

पशुपति हो
सबैलाई क्षमा दियो
पशुलाई क्षमा दियो
मान्छेलाई क्षमा दियो
अनि
पशु जस्ता मान्छेलाई पनि क्षमा दियो ।

पशुपति हो
क्लेश राखेन
द्वेष राखेन
मर्नेलाई सुत्न ब्रह्मनालको
बिछयौना दियो
मार्नेलाई पाप पखाल्न
बगिरहने बागमती दियो ।

पशुपति हो
केही बोलेन
पुराना हिसाब खोतलेन
पुराना घाउ कोट्याएन
ढुङ्गा हान्नेलाई
फूलका माला दियो
धर्म अफिम भन्नेलाई
ईश्वर मिथ्या भन्नेलाई
आफ्नै चरणमा झुकाई छाड्यो ।

०००
नर्थ क्यारोलाइना, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x