साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफै लाज लजायो

बोरामा सुन आयो उल्टो जाँच गरायो जुम्ला नून बिनाको भोको बाघ जनायो सस्तो हुन्छ रडाको पोको पार्न लुकायो भेंडा थुन्न नसक्ने डोको बुन्न लगायो ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

जात्रा लाग्छ यहाँ के नेपाली धन खायो
कात्रो माग भयो रे पालोमा ऋण खायो
डालोमा सटही भै ढोकामा गुँड लायो
भाडाका भरिया छन् आफै लाज लजायो ।१

टाढाका जन ढोग्दै धामा गर्न लगायो
आफ्ना यी जन ढाँट्दै भारी बोक्न लगायो
आमाको मन भाँड्दै चोरी गर्न लगायो
मुर्दावाद फलाक्दै आफै लाज लजायो ।२

सत्ताको मद लाग्दा कस्तो मात चढायो
भुत्ते सांसद भुक्दा पैसा मात्र बढायो
झोलेले पद किन्दै कस्तो नीति बनायो
गुण्डाले घर धान्ने यस्तो चाल चलायो ।३

लुच्चा लोफर टोले जम्मा गर्न लगायो
ठेक्कामा कर लायो थैलो भर्न सघायो
मान्छे तस्कर आफ्ना जोगायो र लुकायो
खै संस्कार यहाँको भाषा खान लगायो ।४

साँच्चै पत्कर जुटदा खानी बेच्न पठायो
भ्रष्टाचार समेट्दै छापा हान्न लगायो
पापाचार बटुल्दै खापा छेक्न पठायो
आलो रक्त हसुर्दै धर्ती शून्य बनायो ।५

बोरामा सुन आयो उल्टो जाँच गरायो
जुम्ला नून बिनाको भोको बाघ जनायो
सस्तो हुन्छ रडाको पोको पार्न लुकायो
भेंडा थुन्न नसक्ने डोको बुन्न लगायो ।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x