साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो मान्छे

विचरा, पवित्र छेत्री, माया लाग्छ । मलाई सम्मान होइन, चाहिन्न सम्मान, अपमान नभए पुग्छ भन्ने सज्जन ! उनीबाट धेरैले लाभ लिए, तर उनको मनको पीर कसैले बुझेन जस्तो लाग्यो ।

Nepal Telecom ad

धनराज गिरी :

प्रोफेसर वामनारायण जय नेपाल बम आफ्नो धुनमा थियो, आफ्नै घरमा । पत्नी केन्द्रकुमारी परिधि एउटा निबन्ध लेख्दै, गुन्द्रुकको झोल । बाहिर एउटा कार आएर रोकियो । कोही आयो ! प्रोफेसरको मनले भन्यो । निस्कियो बाहिर ।

आहा, आज यो जोगीको निवास पवित्र भयो ! खुशी प्रकट ग¥यो । सामुन्नेमा खडा तीन पात्रहरू, राधा, कृष्ण र पाण्डित ! समवय, हेर्दा पनि अनुरूप त्रिभुजजस्ता ! आज कसरी ? प्रोफेसरले घरभित्र आसनग्रहण गराएपछि पहिलो प्रश्न ग¥यो ।

तीन जनामा राधा अलि बोल्न मन पराउने । हामी तीनजना दिल्ली गएका थियौं, आफन्तको उपचारको लागि, अचानक हजुरलाई चिन्ने एक सज्जन शिव गिरी फेला परे । यो नासो जिम्मा लगाउनुभयो, किताब, यही भएर बहाना भयो, नेत्रमिलन नभएको पनि त धेरै भयो नि ! प्रोफेसर राहत इन्दौरी साहेबको दीवान रहेछ, एक गजलसंग्रह पनि साथमा भुवन मोहिनीको मुक्तकसंग्रह ! अचम्म भो, शिवलाई मैले यो कुरो भनेको पनि होइन र शिव र म आजसम्म भेट पनि भएको छैन । मनको कुरा बुझेछ अनुजले ! शुकृया नै शुकृया ! मोग्याम्बो खुश हुवा !

त्यसपछि सरस्वती नगर र हिमाल माध्यामिक विद्यालयको विकाशको कुरा भयो । तिलक लगाएर राम नवमीमा दीपाले गाएको गजल प्रोफेसरले सुनायो । नेपालीहरू जम्मा भएपछि दुई चारको बारेमा धज्जी उडाउने उद्योग नगरे के नेपाली ! देशकै अपमान हुन्छ ! तर प्रोफेसरले जोर कसम खाएको छ, नरिसाउने र अरूको बारेमा नकारात्मक कुरा नगर्ने ! कुरा त हुने नै भयो । राधा र रघुवीर छेत्री बालसखा, प्रोफेसरले रघुवीरको कुरा निकाल्यो, त्यो मान्छे त गज्जब नि, राधा सर, केही मित्रहरू तनाव भएमा मेरो घर आउने नि, मलाई तनाव भएमा म सरस्वती नगर पुग्छु !

त्यो मान्छेको कुरा अनर्गल प्रलाप होइन, हरेस खान दिन्नन् ! मनको आकाश रित्तो हुन्न । लेख्न नपर्ने कुराहरू नलेख्न उचित सुझाव दिने नि, बरू आफू शहीद हुने, अरूलाई शहीद हुन नदिने ! तर, उनको भित्री वेदना कसले बुझ्ने ?ू तीन जनाकै नयन भिझे ! बढी भावुक भए । कृष्ण अघि सरे– त्यो मान्छे, यहाँ जन्मिन हुन्नथियो । त्यो मान्छे चौबीस बर्ष अघि एक जोगीसित कुस्ती खेल्न मैदानमा जान नहुने !

त्रेता युग अघि नै एक जोगी परशुरामले छेत्रीहरूको सातो लिएको हो, यही भएर हरेक युगमा केही खास काम गर्न छेत्रीले जोगीको आशीर्वाद लिनेगर्छन् । जोगीसित निउ खोज्ने छेत्री मूर्ख हो । विचरा, पवित्र छेत्री, माया लाग्छ । मलाई सम्मान होइन, चाहिन्न सम्मान, अपमान नभए पुग्छ भन्ने सज्जन ! उनीबाट धेरैले लाभ लिए, तर उनको मनको पीर कसैले बुझेन जस्तो लाग्यो ।

‘त्यो मान्छे’ को बारेमा सौन्दर्य मीमाम्सा गरी खीर खाएर तीन जना लागे तिलकपुरतिर ।

०००
सौराहा, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
रकिब !

रकिब !

धनराज गिरी
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x