साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तकमणिको गीत ‘सुसेली‘ सार्वजनिक

गीतकार अधिकारीको आफ्नै युट्युब च्यानबाट सार्वजनिक भिडियोलाई पूजा ठकुरीले निर्देशन गरेकी हुन् भने विनोद बमले सम्पादन गरेका छन् ।

Nepal Telecom ad

पोखरा, ०८० साउन १७ । साहित्यकार तीर्थराज अधिकारीद्वारा रचित ‘सुसेली’ गीतको भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका लोकप्रिय संगीतकार राजेश थापाको संगीत रहेको उक्त गीतमा प्रवीण वेडवालको स्वर रहेको छ ।

गीतकार अधिकारीको आफ्नै युट्युब च्यानबाट सार्वजनिक भिडियोलाई पूजा ठकुरीले निर्देशन गरेकी हुन् भने विनोद बमले सम्पादन गरेका छन् । चर्चित मोडलद्वय कमलसिंह तथा स्मारिका ढकालको अभिनय रहेको भिडियोमा दुई युवा–युवती विचको प्रेमिल भाव काल्पनिक रुपमा सुन्दर ढंगले उतारिएको छ ।

मुक्तकमणिका रूपमा परिचित तीर्थराज अधिकारी साहित्यका धेरै विधाहरूमा उत्तिकै कलम चलाउने गर्नुहुन्छ । लामो सयम नेपालको उच्च पदस्थ कर्मचारीका रूपमा सेवा गरेर यतिखेर अमेरिकामा बसोवास गरिरहनुभएका अधिकारी प्रबल दक्षिण गोरखा बाहुलगायत अनेकौँ सम्मानद्वारा विभूषित स्रस्टा हुनुहुन्छ । उहाँलाई यसै वर्ष पनि दोस्रो काव्य म्युजिक अवार्डमा सर्वोकृष्ट गजलकारको उपाधिले सम्मान गरिएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x