साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकालको चिन्तन

शिशु के बाल कौमार, ढिलो लान्छ र ? कालले । वृद्धालाई उठाएर, युवा छाड्छ र ? कालले ।। तनावमा सदा बस्दा, वृद्धाको मन चिन्तत । ऊर्जा घटाइयो आफैँ, भने होइन्छ निन्दित ।।

Nepal Telecom ad

धरणीधर गुरागाईं :

थोते बूढो भनी हेप्छन्,
धेरै दाँत झरेपछि ।
बोलेको पनि बुझ्दैनन्,
जिब्रो लर्बरिएपछि ।।
।।१।।

आँखाले काम गर्दैन,
के गर्थ्यो ? कानले पनि ।
देख्ने सुन्नेहरू आफैँ,
गिज्याउछन् उसै अनि ।।
।। २ ।।

मान्दैनन् सुन्न वृद्धाका,
राम्रा कुरा भए पनि ।
बुझ्दैनन् आजका केटा,
केटीहरू कुनै पनि ।।
।। ३ ।।

हात गोडा बसेका छन्,
घिस्रिँदै काम गर्नुछ ।
धेरै सास्ती अझै कत्ति,
आफैँ भोगेर मर्नुछ ।।
।। ४।।

त्यागी नैराश्यका सोच,
वृद्धाले स्वास्थ्यमा अब ।
ख्याल गरेर लाग्ने कि,
योगादिमा जुटी सब ।।
।। ५ ।।

निम्जो ठानेर वृद्धा नै,
हतोत्साहित झन् भए ।
उत्साह कसरी बढ्ला ?,
भित्रैदेखि ततर्किए ।।
।। ६ ।।

नठान कालले लान्छ,
वृद्धा छानेर केवल ।
मिति पुग्यो कि लैजान्छ,
बलियो होस् कि दुर्बल ।।
।।७ ।।

शिशु के बाल कौमार,
ढिलो लान्छ र ? कालले ।
वृद्धालाई उठाएर,
युवा छाड्छ र ? कालले ।।
।। ८ ।।

तनावमा सदा बस्दा,
वृद्धाको मन चिन्तत ।
ऊर्जा घटाइयो आफैँ,
भने होइन्छ निन्दित ।।
।। ९ ।।

०००
मेचीनगर– ९, झापा धुलाबारी
हाल– टोखा– ९, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

सरला पाेखरेल सरू
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x