फित्काैली डटकमधृतराष्ट्रको खोजीमा
मान खाएको थाहा छ सम्मान खाएको थाहा छ विमान खाएको पनि थाहा छ तर भन्नु हुँदैन किनभने मसँग प्रमाण छैन । सेल खाएको थाहा छ रेल खाएको थाहा छ एनसेल खाएको थाहा छ तर भन्नु हुँदैन किनभने मसँग प्रमाण छैन ।

ओम नरहरि श्रेष्ठ :
घाँटी निमोठेको थाहा छ
मुन्टो चुसेको पनि थाहा छ
कन्याजाली फटाएको पनि थाहा छ
तर भन्नु हुँदैन
किनभने मसँग प्रमाण छैन ।
जूस खाएको थाहा छ
भूस खाएको पनि थाहा छ
घूस खाएको पनि थाहा छ
तर भन्नु हुँदैन
किनभने मसँग प्रमाण छैन ।
फटाहाले खाएको थाहा छ
फाँटवालाले खाएको पनि थाहा छ
फैसला गर्नेले खाएको पनि थाहा छ
तर भन्नु हुँदैन
किनभने मसँग प्रमाण छैन ।
जुटेको थाहा छ
फुटेको पनि थाहा छ
लुटेको पनि थाहा छ
तर भन्नु हुँदैन
किनभने मसँग प्रमाण छैन ।
मान खाएको थाहा छ
सम्मान खाएको थाहा छ
विमान खाएको पनि थाहा छ
तर भन्नु हुँदैन
किनभने मसँग प्रमाण छैन ।
सेल खाएको थाहा छ
रेल खाएको थाहा छ
एनसेल खाएको थाहा छ
तर भन्नु हुँदैन
किनभने मसँग प्रमाण छैन ।
जताततै दुर्योधन मात्र देखिने
धृतराष्ट्रले
आत्मदाह गरेको
दृश्य पनि देखिएन
प्रमाणको आदेश भएछ ।
०००
मध्यपुर थिमि
९८४१—३८८८११
Subscribe
Login
0 Comments
Oldest






































