साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चीज खै के छ ?

रिचय मुलुकैको विश्वमा बाँड्न नामी भन कसरि सकला सोच राख्दा विरामी लयपय परदेशी मान्दछौं बिघ्न राम्रो फुलिदिन गरिमाले चीज खै के छ हाम्रो ?

Nepal Telecom ad

नारायणप्रसाद पोखरेल :

मुलुक किन सुसायो ? सभ्यता तुच्छ आयो
जन मगज विषायो दम्भ दुर्भाव छायो
पर विष वर आयो नग्नता सल्बलायो
अति असल बगैंचा मास्न काँडा पलायो

कुटुकुटु मुटु खायो वेदना बढ्न लाग्यो
दिनदिन जननीको रूप रंगै हरायो
मनपरि गरि नाच्ने पत्रु पाटो हँसायो
तमगुण प्रिय मान्ने हैन कस्तो नसा यो ?

सकलपन हरायो नक्कली जग्मगायो
शिरपद मुलुकैको अंग नै झम्झमायो
जहिँतहिँ जन शैली खस्कियो रन्थनायो
मृदु हृदय शिलामा बजियो झन्झनायो

गफ अति घतलाग्दा गर्दछन् आज मान्छे
गगन र धरती नै वाक्यले जोड्छ मान्छे
क्षणिक पनि नतग्ने तर्कना गर्छ मान्छे
गलततिर फसेर श्रेष्ठ हूँ भन्छ मान्छे

नवयुवक यहाँका कानमा प्वाल पारी
थरिथरि टप मुन्द्रा पैरि रूपै बिगारी
मनपरि गरि काला केशमा रङ्ग खैरो
दलिदलि किन हिँड्छन् बुद्धिमा गो कि पैरो ?

जगर लिइ गधाझैँ केश जिङ्गिङ्ग पारी
हरपल नशामा डुब्दछन् कोही भारी
लरबर गरी झिक्छन् कोही अस्पष्ट बोली
यहि लहर बढेमा देश के हुन्छ भोली ?

किनकिन अझ चश्मा नेत्र नाङ्गै गराई
फुरूफुरु भइ हिँड्छन् तालुमा नै अड्याई
अति घृणित छ पारा लाज भो हेर्नलाई
बुधजन जुट चाँडो तुच्छता मेट्नलाई

बहुजन पहिरन्नन् आज पाइन्ट सादा
बलकर गरि छोप्छन् मात्र गुप्ताङ्ग आधा
किनि असल लुगा नै लाउँछन् धर्र च्याती
मति अति कुहिएको ताल देखिन्छ भाँती

पुरुषहरू त टोपी लाउनै लाज मान्छन्
दिनदिन मुडुलाकै पङ्क्ति बढ्दैछ झनझन्
प्रतिशत कति होलान् पैरने आज टोपी
परिचय दिन आफ्नो देशको शान बोकी

परिचय मुलुकैको विश्वमा बाँड्न नामी
भन कसरि सकला सोच राख्दा विरामी
लयपय परदेशी मान्दछौं बिघ्न राम्रो
फुलिदिन गरिमाले चीज खै के छ हाम्रो ?

०००
मनकामना – ६ गोरखा
फित्कौली पूर्णाङ्क ३७ बाट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x