साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्ट भयो राजनीति

अक्सिजन नि किन्नु पर्ने पानी दिनदिनै विषादी छ खाद्यान्नमा विचारमा झनै भ्रष्ट भयो राजनीति जनता जागौँ जागौँ अन्याय र अत्याचार सीमा कटाइ फालौँ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

आजभोलि किन यस्तो हुन थाल्यो जेठी
सानैमा व्यस्त भए मोबाइलमा केटाकेटी
लामखुट्टे नि लेक चढे जुका झरे बेँसी
फेसबुक र टिकटक भो नेपालीको खेती

माछा छैनन् कुरभित्र पसे भन्छन् गुफा
सर्पले नि डस्न छोडे डस्ने गर्छन् मुसा
बजार नि कालो भयो भन्छन् गोरा बसी
विदेशबाटै आउने गर्छन् बोका अनि खसी

घट्छ होला भाउ भन्यो बढ्ने मात्र अति
हिसाब गरि बस्ने गर्छु विदेश पसे कति
गाउँघरमा बस्ती छैनन् बाँझै होलान् टारी
हात बाँधेर बसेका छौँ शहरमा बात मारी

अक्सिजन नि किन्नु पर्ने पानी दिनदिनै
विषादी छ खाद्यान्नमा विचारमा झनै
भ्रष्ट भयो राजनीति जनता जागौँ जागौँ
अन्याय र अत्याचार सीमा कटाइ फालौँ ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x