अमर सन्ततितीन ठोक्तक
हुन त खाँदाखाँदा ढुकुटी नै रित्याइसक्नु भो तर पनि उहाँ अझै अघाउन सक्नु भएको छैन, खान दिनोस् न ।

अमर सन्तति :
१.
आफ्नो दुःख पीडा त फाल्नु भएकै छ
भेटेसम्मको दाना त हाल्नु भएकै छ
नेताले केही गरेन भन्छन् बैगुनीहरू,
सालासाली, भाउजु त पाल्नु भएकै छ
२.
अझै कति धारा मिच्ने हो मिची बक्सियोस्
सत्ताको स्वाद मीठो मानी घिची बक्सियोस
भन्नै नपाई खुट्टा पो उचाली बक्सिन्छ त !
संविधान बनाउनेका हात किची बक्सियोस् ।
३ .
आफ्नै दुःख भगाउन सक्नुभएको छैन, लान दिनोस् न
हुक्के बैठके जगाउन सक्नुभएको छैन, जान दिनोस् न
हुन त खाँदाखाँदा ढुकुटी नै रित्याइसक्नु भो तर पनि
उहाँ अझै अघाउन सक्नु भएको छैन, खान दिनोस् न ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































