साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृश्यचित्र

रेडियोमा टेलिभिजनमा धन्न बजिरहेका छन् गीतहरू म नियास्रिएर खोल्छु रेडियो र टेलिभिजन र आफ्नै उदास मनलाई थप्थप्याउँछु ।

Nepal Telecom ad

भीष्म उप्रेती :

असाध्य रोगीजस्तो सडक छ
र सडकमा जुलुस हिँडिरिहेको छ
आतङ्कजस्ता छन् कार्यालयहरू
र तिनमा नैतिकता ओइलाउँदो छ
सस्तो डान्सबारजस्तो छ
संसद र संसद अकर्मण्य छ
सपना त विश्वास-अविश्वासको द्वन्द्वमा
मुच्र्छित छ यतिबेला ।

प्रतिशोधका आवेगहरू छन्
मनमनमा त्रास रोपिएिको छ
कहाँ फुलेको छ फूल
कुन मनको बगैँचामा
कहाँ खुलेको छ जून
कुन आकाशको निलिमामा ?

वीरता
इतिहासको सिरानी हालेर सुतेको छ
शान्ति अपहरित छ ।

सबभन्दा सस्तो
आज मान्छे भएको छ
र त्योभन्दा सस्तो भएको छ देश ।

सगरमाथा र बुद्धको नाममा
गर्व गर्नुले कत्ति पनि अर्थ राख्दैन आज
सौन्दर्यको अनुहारमा
फोहोर पोखएिको छ ।

रेडियोमा
टेलिभिजनमा
धन्न बजरिहेका छन् गीतहरू
म नियास्रिएर खोल्छु रेडियो र टेलिभिजन
र आफ्नै उदास मनलाई थप्थप्याउँछु ।

देशभक्ति अब
राष्ट्रिय गीतमा मात्र बाँचेको छ ।

०००
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x