साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दम्भको उचाई

घाँटीकाे  क्यान्सरका कारण  २९ वर्षकाे अल्पायुमै  गत शुक्रबार कीर्तिशेष हुन पुगेका युवा स्रष्टा भास्करप्रति शब्दश्रद्धा सहित प्रस्तुत छ भास्करकै कविता सिर्जना...

Nepal Telecom ad

प्रचण्ड भास्कर :

पुस्तौंदेखि
चलिरहेछ
अस्तित्वको
एक भयानक युद्ध !
न यता, न उता,
जस्ता,
नातागोताहरु जताततै छन
र जिस्क्याइरहन्छन बेला बेला !
तिनीहरुलाई लाग्छ,
हामीसँग तिनीहरुको
दम्भ भङ्ग गर्ने कुनै भेद छैन !
उनी बिर्सिन्छन् कि !
हामी त आमाको गर्भबाटै
गर्व बोकेर आएका मान्छे !
हामी नजन्मिँदै यहाँ
जन्मिसकेको थियो स्वाभिमान !
हाम्रो आँखा नखुल्दै
बुद्धले खोलिसकेका थिए
अशान्तिको मुख !
ती नातेदारजस्ता देखिने
नाट्यदारले सधै सबै मेरै हो भनिरहे !’
बुद्ध आफ्नै भनिरहे,
सीता आफ्नै भनिरहे,
मधेश आफ्नै भनिरहे,
लिपु आफ्नै धुरा आफ्नै,
टिष्टादेखि काँगडासम्म,
पानीदेखि माटोसम्म सबै
आफ्नै हो भनिरहे ।
उसलाई त,
यो पनि आभास छैन कि,
जुन सागरको नुन उसले खाइरहेछ
त्यसमा पनि हाम्रै पुर्खाको पसिना मिसिएको छ ।
उसलाई त,
आफ्नो सिमाना
बचाउन समेत हामी नै चाहिन्छ ।
अनि, किन उसले हाम्रो सिमानामा नानाथरी
गरिरहन्छ ।
होलान् केही
उसले बजाएको
बाँसुरीमा नाँच्नेहरू
सत्यको आँखा,
हामीले नकराउँदै बन्द
गरिसकेका थिए तर,
अब धेरै बेर छैन- उनीहरुलाई रिङ्गटा लाग्न !
उसले सत्तामा खुवाएको
भत्ताको पत्तासाफ
हुने बेला हुँदैछ ।

स्मरण रहोस् उसलाई !?
नियालीरहेछ
सगरमाथाले संसारका
सबै अग्ला मनमानीहरू
र पर्खिरहेछ उग्रताको चरम सीमा,
ताकी भत्काउन सकोस् ती दम्भहरूको उचाई !!

०००

कञ्चनपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x