साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इमान्दार खलक

‘तपाईं कति ढिलो गर्नु भाको आउनलाई ? बुवाले सानीमा लिउनु भो, तपाईंले जस्तो माया पनि गरिनन्, तपाईंले जस्तो घरखेती पनि गरिनन्’ छोराछोरी झुम्मिँदै भन्न पुगे । पुरानो मालिक्नी देख्नासाथ गाई ड्वा गर्‍यो, बाख्रा पनि खुशीले म्या गर्‍यो ।

Nepal Telecom ad

हरिहर दाहाल :

गाउँमा गन्नेमान्नेमा ठहरिन्थे पण्डित रामप्रसाद शास्त्री । पुराण वाचनमा पनि अब्बल थिए, सबैलाई मन्त्रमुग्ध पारिदिन्थे । न्याय चौतारीमा पनि उनैलाई अघि सारिन्थ्यो, उनी सबैलाई चित्त बुझ्ने गरि फैसला सुनाउँथे ।

गाउँको माझमा उनको घुमाउने बार्दली भएको घर थियो । एक हल गोरु, दुईटा दुहुनो भैँसी, माउ बाच्छा गाई, चारवटा खसी उनको गोठमा कहिल्यै टुट्दैन थियो । घरमा आउना पाउना आइरहन्थे । धर्मकर्मका कुरा सोध्न, दशाग्रह हेराउन गाउँभरिका मान्छे आइरहन्थे । पण्डितनी बज्यै पनि सुवासिनी थिईन, सबैसँग मिठासपूर्वक व्यवहार गर्थिन् । वस्तुभाउ, खेतीपाती पनि भ्याउँथिन् । पण्डित बा सँगै पुजिन सिँगारिन जजमानको घर पुग्न पनि भ्याउँथिन् ।

उनका १२-१४ वर्षका दुईटा छोराछोरी थिए । राम्रै पढ्थे नजिकको विद्यालयमा । भ्याएसम्म आमालाई सघाउँथे, बेलुका बाबुसँगै बसेर कर्मकाण्ड, ज्योतिष सिक्थे पनि ।

एक दिन पण्डित बज्यैलाई माइत जानू मन लागेछ । माइती टाढा थियो, नगएको पनि धेरै भएको थियो । बिदा मागिछिन् । घर व्यवहार एक्लै समाल्न गाह्रो त थियो । भनेँ, ‘नगए हुँदैन र ?’ बिहान पण्डितनी माइत हिडिन् । वस्तुलाई घाँस पानी, भान्साको काम, छोराछोरीको रेखदेख, आउना पाहुना सँगको भलाकुसारी … थकित परे ।

अपरान्हतिर यसो तल्लो गाउँतिर निस्किएँ । बाटैमा दाहाल बा कि कान्छी छोरीसँग ट्वाक्क जम्काभेट भयो । अनुहार र जिउडाल त खासै हिस्सी परेको थिएन, त्यसैले होला उमेर ढल्कन आटेको थियो, तर अझै बिहे चँै भएको थिएन । बोलीचाली व्यवहार मिठो थियो, जाँगरिलो थिईन्, फुर्तिली पनि थिईन् । ‘नानीसँग एउटा सल्लाह गर्नु थियो’- पण्डित बाले ट्वाक्क बोली हाले । नजिकैको ढुङ्गा माथी थुचुक्क बसेर सोधे, ‘नानी तिम्रो बिहे गर्ने उमेर ढल्कन आँट्यो, राम्रो केटो पाए बिहे गर्छ्यौ त ?’

कान्छी चुपचाप टोलाएर बसिन् । पण्डित बा एकोहोरो बोलिराखे, ‘खासमा कुरो के भने नि कान्छी, मसँग बिहे गर्न राजी छेउ कि छैनौ भनेर सोधेको । तिमीले हुन्छ मात्र भन, म तिम्रो बुबासँग हात माग्न आउनेछु । मेरी श्रीमतिबाट घर नहुने भयो । यसपटक पनि फेरि घर छाडेर हिँडी, लालाबाला वस्तु खेती मैले कसरी एक्लै सम्हालूँ ? त्यसबाट मेरो घर हुन्न, अब त त्यसलाई लिन पनि जान्न, बोलाउन पनि जान्न । त्यतैबाट पोईल जाओस् ।’

‘खानलाउन सुखै हुने घर हो, पण्डित माग्न आइहाले, के भनूँत छोरी ? छोरीले मानी भने भोलि बिहानै टिको लगाइदिन्छु भन्या छु ।’ बेलुका दाहालबाले छोरीसँग सम्मति मागे । भोलिपल्टै शास्त्री पण्डितको घरमा नयाँ दुलही भित्रिइन् । रमाइलै थियो, सुखै थियो, वस्तुभाउ, लालाबाला, खेतीपाती टर्दै गयो । घरमा रमाईलै वातावरण भयो। शास्त्रीले श्रीमती पाए, छोराछोरीले आमा पाए, वस्तुभाउले घाँसपानी पाए, आउने जानेले सत्कार पाए ।

दुई महिना पुगेकै दिन जेठी पण्डितनी माइतबाट फर्किइन् । ‘तपाईं कति ढिलो गर्नु भाको आउनलाई ? बुवाले सानीमा लिउनु भो, तपाईंले जस्तो माया पनि गरिनन्, तपाईंले जस्तो घरखेती पनि गरिनन्’ छोराछोरी झुम्मिँदै भन्न पुगे । पुरानो मालिक्नी देख्नासाथ गाई ड्वा गर्‍यो, बाख्रा पनि खुशीले म्या गर्‍यो ।

शास्त्री पण्डितले पल्लाघरबाट आफ्नो भाइलाई बोलाएर सल्लाह गरे, ‘भाइ ! हाम्रो खलक इमान्दारको खलक हो । कसैको सम्पत्ति र कसैको पसिना हामी शास्त्री खलकले खाने गरेको छैन । विवाह गर्दा ल्याएको दाईजो पात र ६० दिनको ज्याला तीस हजार रुपैयाँ दाहालबाकोमा पुर्‍याइ दे । छोराछोरीलाई मीठो हुने गरि पकाउन नजान्ने श्रीमती मलाई के काम ? कान्छीलाई पनि उतै पुर्‍याइ दे ।’

‘अनि कुमारित्व ?’
‘अरु नौ जनाले त मागेका थिएनन् त, भाउजू !’

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

हरिहर दाहाल
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x