साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी तिमी छिटो आऊ ।

देश बनाउने प्रणमा दर्बिलो छाती बोकेर आऊ, नयाँ सङ्कल्प गमेर सबै एकसाथ लिएर आऊ, विजयको टिको लगाउन साथी तिमी छिटो आऊ ।

Nepal Telecom ad

भीम गौतम :

साथी छिट्टो आऊ,
तिमी यता आऊ
फुटेका कुर्कुच्चा हेर्दै
हातमा मल्हम लिएर आऊ,
थर्थराएका मुटु छोप्न
तातो रुई बनेर आऊ,
रोगीको लागि
एन्टिबायोटिक सुई,
ओखति बोकेर आऊ
साथी आऊ..
छिट्टो आऊ ।

धैर्यताको मन्त्र सिकेर
व्यथा वेदना मिचेर आऊ,
सामाजिक प्रतिष्ठामा
राष्ट्रिय स्वाभिमान बोकेर आऊ,
कसिलो कम्मर कसेर
अन्धविश्वासलाई तोडेर आऊ,
साथी तिमी यता आऊ ।

चाप्लुसी, चाटुकार छोडेर
धर्ती बनाउने सन्देशमा आऊ,
पीडितको मर्का बुझेर
न्यायको इजलासमा बोल्न आऊ,
भ्रष्टहरू समाउँदै
न्यायको फैसला केलाउन आऊ,
देश बनाउने प्रणमा
दर्बिलो छाती बोकेर आऊ,
नयाँ सङ्कल्प गमेर
सबै एकसाथ लिएर आऊ,
विजयको टिको लगाउन
साथी तिमी छिटो आऊ ।

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x