हरिहर दाहालपरिवर्तन
"ओेई पाराङ ! निधारमा राताे टिका छैन त ? याे दशैमा काेहि आफन्त बिते र ?" पाराङले साथीतिर हेर्दै भन्याे, "तैँ बाहुन लगा न राताे टीका । तै बाहुन क्षत्रीले मान् न । दशै हाम्राे चाड हैन।"

हरिहर दाहाल :
फुलपातीकाे दिन भिमसेन स्थानकाे जात्रा, देविस्थानकाे जात्रामा हाँस, कुखुराे, बाेकाे, भेडाे, राँगाे लिएर पञ्चवलि चढाउन पाराङकाे जिजु बाजे हजुर बाजे जान्थे। २५-३० जनाकाे समूह बाँधेर उसकै बाबू पनि जात्रामा पुगेथे, ४० बर्ष अघि । मन्दिर, देवस्थल, जात्रा सबैका साझा गन्तव्य हुन्थे। वरिपरिका १०-१५ गाउँकाे जमघट स्थल हुन्थ्याे । सबै जाति, सबै भाषी र सबै समुदायकाे साझा स्थान।
ठुलाएकादशी जात्राका दिन उसकि आमा पनि भिमसेनस्थान जात्रामा बत्ति बाल्न पुगेकि थिईन आफ्नै आमासँग । दाेहाेराे ज्यान परेकी, १७ बर्षकी बान्कि परेकी थिईन । साेलिभरी सकरखण्ड पिँडालु बाेकेर गएकि उनीलाई देख्नासाथ, उनका बुबा टाेहाेलाएर हेरेका हेरेई भएका थिएरे । “आनी ! कस्ले बनाएकाे छ्याङ आहा कति गुलियाे, सितन चै च्वाट्ट मिठाे रछ।” आँखा उतातिर लगाउँदै आनीसँग बाेल्दै पनि गर्दैथिए रे। अर्का पल्ट शैलुङ महादेवस्थान जात्रामा चै …” मनमा केके याेजना बुन्याे।
काकाकाे बाेन्बाे नाचकाे साथी बनेर महादेव स्थान पुगेका उनका बुवाले त्यहि दिन शुभसाईत जुराए । त्यहि मिलनपछिकाे माईलाे छाेराे पाराङ दाेर्जे ब्लाेन ।
पाराङकाे घरमा घट्स्थापना फुलपाती दुर्गा पुजा त हुँदैन थियाे । तर बुबाले दशैमा खसी ढाल्थे , अनि गाउँमा ढालेकाे राँगाेकाे ८-१० धार्नी थप सुकुटी बनाउँथे । लाहुरे, सेलाझ्गे काकाहरु दशैमा घर आईपुग्थे । फूपू फुपाजु काेशेली बाेकेर दशै मान्न आउँथेँ । रमाईलाे हुन्थ्याे। राेटी पाेल्थे, छ्याङ हाल्थे, आईरक पार्थे। दशैमा नयाँ लुगा लगाएर पिङ खेल्थे। ईष्टमित्र सबैसँग भेट हुन्थ्याे।
आमाले साेलीभरी राेटी र आईरक बाेकेर माईत जाँदा पाराङ पनि सँगै हुन्थे। निधारमा राताे टीका टल्काउँदै मामाघर जाँदा उनका बाबुले पानासाेनिङ क्यासेट घन्काउँदै गएकाे उनलाई अझै याद छ। कहिले साेलीमाथीकाे काेक्राेमा सुतेर गए, कहिले बाउकाे हात समात्दै डाेहाेरिएर गए। नयाँ लाउने, मिठाे खाने, ईष्टमित्र भेट गर्ने, रमाउने मुख्य चाड नै दशैँ थियाे । क्षत्री, बाहुन, मगर, नेवार, दमाई, कामी, तामाङ, गुरुङ, राई, लिम्बू सबैका घरमा यसैगरी दशैँ आउँथ्याे ।
हुनेखानेकाे सानसाैगात देखेर आफ्ना बालबच्चा निराश नहुन् भन्ने हुँदाखानेहरुकाे लागि चै दशै ऋण बाेकाउने चाड बन्थ्याे। तर दशै सबै जातजातिकाे लागि आउँथ्याे । बर्षमा एक पटक ।
अँ ! यसपाली पनि दशै आयाे। पाराङले राँगाे पनि ढाल्याे, लुगापनि किन्याे, गाउँघर पुगेर ईस्टमित्रसँग भेटेर सगुन पनि लियाे । सदा झै खुसिसाथ चाड पनि मान्याे । बजार चाेकमा भेटेकाे उस्काे साथी हरिहरले उस्लाई फ्याट्ट साेध्याे, “ओेई पाराङ ! निधारमा राताे टिका छैन त ? याे दशैमा काेहि आफन्त बिते र ?”
पाराङले साथीतिर हेर्दै भन्याे, “तैँ बाहुन लगा न राताे टीका । तै बाहुन क्षत्रीले मान् न । दशै हाम्राे चाड हैन।”
०००
Subscribe
Login
0 Comments
Oldest






































