साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढापाकाको मन

मान्छेको मन रम्छ बढ्छ तनमा ऊर्जा अनेकौँ भरी बस्दामा अति स्वच्छ यो प्रकृतिमा शोभा सुनौलो परी बाँझो हुन्न कतै सबै जमिनमा लाग्ने छ बाली पनि पालिन्छन् पशु धेर गाउँ घरमा उद्योग खुल्छन् अनि॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आए पुत्र बधू फिरेर घरमा ऊर्जा छरे जे जति
धेरै वृद्ध बुबामुमा मुलुकमा सानन्दमा छन् अति
माने पर्व बडादसैँ सुखदको भुल्दैगए बोझ ती
मिल्दा प्रेम दया अशक्त जनमा खाँटी बन्यो ओखती॥१

सारा गाउँ उजाड शून्य अहिले गुल्जार बन्दै गए
फुस्रा धूसर थात धेर सहसा पोतेर रङ्गी भए
खेल्दै छन् पिङ त्यो बडा रहरले रोटे र लिङ्गे पनि
चौतारीतिर छन् युवा र युवती अत्यन्त राम्रा बनी॥२

खानी हुन् श्रम शिल्प ज्ञान सबका हाम्रा युवा सुन्दरी
लाएमा श्रम शिल्प गाउँघरमा इच्छा अनौठो गरी
भारी हुन्छ विकास यो मुलुककै जाने छ बाधा टरी
नेपाली सब गाउँ ठाउँ सहजै बन्ने छ स्वर्गै सरी॥३

मान्छेको मन रम्छ बढ्छ तनमा ऊर्जा अनेकौँ भरी
बस्दामा अति स्वच्छ यो प्रकृतिमा शोभा सुनौलो परी
बाँझो हुन्न कतै सबै जमिनमा लाग्ने छ बाली पनि
पालिन्छन् पशु धेर गाउँ घरमा उद्योग खुल्छन् अनि॥४

केही हुन्न अभाव देश जनमा मान्छे चले बुद्धिमा
गर्दामा उपयोग स्रोत जति छन् नेपालकै निम्तिमा
चुम्ने छन् सबले विकास चुचुरा ऐश्वर्यशाली बनी
यो नेपाल हुने छ विश्वबनमा सम्वृद्ध ज्यादा अनि॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x