साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्यथा भयो

हामी एक भई जुटौँ अब सबै आलश्य त्यागौँ तर भ्रष्टाचार समूल नष्ट नगरे बन्दैन हाम्रो घर नेताका भरमा परेर जनता बस्ता भयो दुर्गति बाटो छेक्न सके हुनेछ तिनको यो देशको उन्नति ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

बन्ला देश भनी थियो सकलमा आशा भरोसा अति
भ्रष्टाचार बढी भएर अहिले हाम्रो भयो दुर्गति
हाम्रो देश भयो विपन्न अहिले बिक्तैन हाम्रो श्रम ?
जाँदै छौँ दुबई कतार अहिले बढ्दै छ यो झन् क्रम ॥१

नारा मात्र ठुला उचाल्छ दुनियाँ गर्दैन केही तर
भ्रष्टाचार गरी थुपार्छ रुपियाँ ऊ ताक्छ अग्लो घर
हत्या गर्न सिपालु बन्छ सजिलै मन्त्री तथा शासक
निर्धो मर्छ यहाँ अकारण कठै ! कुर्सी भयो बाधक ॥२

ढाल्यौँ क्रान्ति गरी कुशासन हिजो हाम्रो थियो एकता
लड्यौँ शान्ति निमित्त हिम्मत गरी ऐले भयो अन्यथा
कैयौँ वीर ढले छ रक्त धरती मेटिन्न आलै छ यो
बर्सौंबर्स बिते सुशासन अझै भेटिन्न यो के भयो ?॥३

होली वाइनमा छ चाख तिनको रम्छन् पिई तालमा
आफ्नो तागतमा छ लाज किन हो झुक्छन् गई पादमा
मन्त्री मात्र हुने छ दाउ तिनको ठान्छन् अरू तुच्छ हो
खोज्छन् भाग ठुलो छ काम सजिलो मान्छन् अरूपिच्छ हो ॥४

नेता धूर्त भए छ पल्टन ठुलो पार्टी अनेकौँ यहाँ
सानो देश तथापि कर्म गतिलो हुन्नन् कहिल्यै यहाँ
जो छन् घायल युद्धमा अघि सरी गोली अझै गन्दछन्
लज्जाबोध भई शहीद अहिले व्यर्थै मरेँ भन्दछन् ॥५

हामी एक भई जुटौँ अब सबै आलश्य त्यागौँ तर
भ्रष्टाचार समूल नष्ट नगरे बन्दैन हाम्रो घर
नेताका भरमा परेर जनता बस्ता भयो दुर्गति
बाटो छेक्न सके हुनेछ तिनको यो देशको उन्नति ॥६

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x