साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कल्पना

अँ टिकटक, टिक लगाएर टक गर्ने भएर होला यसको नाम टिकटक भएको । हुन पनि पहिला फलोमा टिक लगाएर मात्रै टक गर्न पाइन्छ त्यो पनि टिक ठिक भयो भने । कल्पनाहरू प्रशस्तै टिक लगाएर टक गर्ने गरेकै बखत टिकटकलाई ११ रेक्टर स्केलको भुकम्पले हल्लायो ।

Nepal Telecom ad

अशोककुमार शिवा :

कल्पनामा विचरण गर्नु पनि एक आनन्दित क्षण नै हुँदोरहेछ । यसरी कल्पनाका कुराहरू सँग एकाकार गर्दै वास्तविक अवस्थाको झैँ गरी आफूलाई समर्पण गर्नु अर्को आनन्द रहेछ । कल्पित कुराहरू सबैभन्दा प्यारो र प्रिय पनि हुने रहेछ । अनि अदृश्य अमूर्त कुराले आफुलाई कहिँकतै प्रशंसा गरे वा गर्‍यो भने त झन् कुरा छोडौँ, के के न पाए जस्तो भइहाल्छ ।

त्यो अदृश्य कुराले आफूलाई किन पछ्याई रहेछ बाल मतलव, तर प्रशंसा चाहिँ सुन्न पाउनुपर्छ बस् । कहिलेकाहीँ त त्यो वस्तु कहाँ छ भनेर आफैँ खोजी गर्दै समेत मानिसहरू हिँड्दा रहेछन् । न त वास्तविक अनुहार देख्नु न कुनै आवाजको दोहोरो संवाद हुनु तर पनि खै किन हो कल्पनाको साथीहरू सधैँ त्यतै झुम बराबर हुन्छन ? जताततै कल्पना र उस्का साथ सपोर्टरहरूको लर्को नै देखिन्छ ।

मेरो कल्पना पनि उस्तै नै छिन् । जब कल्पना आउँछिन म काल्पनिक संसारमा पुगिहाल्छु । त्यहाँ अरु कोही हुँदैनन् केवल कल्पना र म । नसोध्नुस् त्यहाँ अरु के के हुन्छ भनेर त्यो तपाईंलाई पनि थाहा नै छ । त्यो वास्तविक डेटिंग भन्दा हजार गुणा सेटिंग गरेर फिटिंग गरेको मिटिंग जस्तै हुन्छ । अब मिटिंगको एजेण्डा कहिलेकाहीँ गोप्य हुन्छ नै । बिना एजेण्डाको मिटिंगको कुनै अर्थ हुन्छ जस्तो किन हो मलाई चाहिकक फिटिक्कै लाग्दैन । अब “अर्थ न वर्थ गोविन्द गाई टाउको दुखेको औषधि नाईटामा लगाई” त गर्नु भएन ।

नाँच्न नजान्नेलाई आँगन सधैँ टेडो नै लाग्छ रे तर जान्नेको लागि भने के टेडो के मेडो एकहोरो भेडो । कल्पनामा म किन अचाक्ली मख्ख हुन्छु त्यो म भित्रको दोश्रो मानवले खोजी गर्दै होला तर बाहिरी म जान्दिनँ पटक्कै जान्दिन । अनि भित्री मले जति सम्झाए पनि मान्दिन पटक्कै मान्दिनँ । किन मान्दिनँ भनेर म कसैलाई भन्दिन । भनेर के हुन्छ यो दुनियाँ यति स्वार्थि छ । जति गर्‍यो के जाती के कता भने झैँ त हो ।

अँ टिकटक, टिक लगाएर टक गर्ने भएर होला यसको नाम टिकटक भएको । हुन पनि पहिला फलोमा टिक लगाएर मात्रै टक गर्न पाइन्छ त्यो पनि टिक ठिक भयो भने । कल्पनाहरू प्रशस्तै टिक लगाएर टक गर्ने गरेकै बखत टिकटकलाई ११ रेक्टर स्केलको भुकम्पले हल्लायो । कैयन टिकटके घरहरू ध्वस्त भए । कतिको वाल चर्केर कोठामा छिर्नै नमिल्ने भयो त कतिको भर्‍याङ भाँचियो । जसोतसो बाँसको लिंगो काटेर बनाएको भर्‍याङबाट पनि पटक पटक चिप्लेर गल्र्याम्म पछारिन्छ । मेरो कल्पनामा आधि ल्याउने जो कोही किन नहोस् त्यस अपराधिलाई कुनै हालतमा छोड्ने मनसाय छैन । निर्धो भएपछि भुसुनाले नि हेप्छ भन्थे हो रहेछ, अहिले म निर्धो नै भएको भान परेको छ ।

जब कोही निर्धो हुन्छ ऊ असमन्जसमा पर्छ अनि ऊ के गर्छ ? मात्रै कल्पना । कल्पनामा जति शक्ति वास्तविकतामा हुने भए के हुन्थ्यो होला ? तपाईंलाई थाहा छ ? छ भने मलाई खुसुक्क भनिदिनु होला तर मुसुक्क हाँसेर । नहाँसी भनेको कुराको कुनै दरिलो तुक हुँदैन । मुखमा राम राम बगलीमा छुरा जस्तै कुरा हुन्छ । हुन त नजाने गाउँको बाटो नसोध्नु भन्छन तर के गर्नु चित्त त बुझाउनु पर्‍यो नि कि कसो ?

०००
गल्कोपाखा, काठमाडौं ।
२०८०/०८/०२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x