साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिनभरि के काम छ तेरो !

तिम्रो मोजादेखि लिएर टोपीसम्मको हिसाब छ मसँग अँ साँच्ची, हाम्रा ती दुई फूल पनि हुर्के तिमीले पत्तै नपाई मैले मेरो घर अहिलेसम्म भेटिनँ तिम्रो घरलाई मेरो ठानेँ ।

Nepal Telecom ad

नैना अधिकारी :

म महिला हुँ
म गृहिणी हुँ
मेरो काम-
पकाउने
खाने
सुत्ने
यस्तै लाग्छ तिमीलाई
या तिमीजस्तै कैयौँ पुरुषहरूलाई
होइन ?
मेरो गोत्र खोस्यौ
परिचय खोस्यौ
स्वाभिमान ध्वस्त पार्‍यौ
म सुनाखरी झैँ फुल्नुपर्‍यो
तिमीमा जेल्लिएर
तिम्रो रङ उडेपछि
मेरो पनि रङ् उड्नुपर्छ
मेरो रङ् उडे
तिमी फेरि रङ्गिन्छौ नयाँ रङमा
हो पनि,
तिमी अर्थ जोड्ने
म खर्च गर्ने
तिमी योजना बनाउने
म कार्यान्वयन गर्ने
भो,
मेरा कामहरू गन्नु पर्दैन तिमीले ।
तिम्रो मोजादेखि लिएर
टोपीसम्मको हिसाब छ मसँग
अँ साँच्ची,
हाम्रा ती दुई फूल पनि हुर्के
तिमीले पत्तै नपाई
मैले मेरो घर अहिलेसम्म भेटिनँ
तिम्रो घरलाई मेरो ठानेँ
दुःख
पिडा
हर्ष
सबै बाँडेँ
दायित्व मेरो
अधिकार तिम्रो
र, पनि
सधैँ एउटै प्रश्न सुन्छु तिम्रो
दिनभरि के काम छ तेरो !’

०००
असम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
0
Would love your thoughts, please comment.x
()
x