साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वतन्त्रता

यो ढुङ्गाको अघि रोएर तिम्रो स्वतन्त्रता बच्छ ? न बोल्छ, न त सुन्छ यसले ? जाऊ सिंहदरबार र शितल निवासमा गएर कराउ ! उसको विलाप सुनेर एउटाले सुझाव दियो ।

Nepal Telecom ad

दिप मंग्राती :

जय शम्भू !
जय हरि कृष्ण !
प्रभु मेरो राष्ट्रियता बचाई दिनुहोस् !
मेरो नेपाल र मेरो नेपालीपन बचाई दिनुहोस् !
सयौँ वर्षदेखि आफू बेचिएर भए पनि, नेपाललाई पालेको थिएँ, म अझै बेचिन तयार छु !

नेपाली भूमिमा जन्मिए, नेपाली भएर बाँच्न चाहन्छु, नेपालीनै भएर मर्न चाहन्छु, प्रभु मेरो नेपाललाई बचाई दिनुहोस्, मेरो धर्म संस्कृतिलाई बचाई दिनुहोस्, नेपाल बचे, नेपालीपन बच्नेछ, धर्म संस्कृति बच्ने छ अनि धर्म संस्कृति बचे तिम्रो पनि त अस्तित्व बच्ने छ । प्रभु नत्र तिमीलाई पनि भगवानबाट पत्थर बनाइ दिनेछन, केवल मूर्तिमा सिमित राख्ने छन्, प्रभु मेरो राष्ट्रियता बचाई दिनुहोस्, मेरो स्व्तन्त्रता बचाई दिनुहोस्, मलाई आफ्नै मातृभूमिमा शरणार्थी हुनबाट बचाई दिनुहोस् !

ऊ अति विनित भावमा आफ्नो इश्वरलाई विन्ती गर्दै थियो !
यो ढुङ्गाको अघि रोएर तिम्रो स्वतन्त्रता बच्छ ? न बोल्छ, न त सुन्छ यसले ?

जाऊ सिंहदरबार र शितल निवासमा गएर कराउ ! उसको विलाप सुनेर एउटाले सुझाव दियो ।
त्यहाँ पनि ढुङ्गाकै छन् यहाँ पनि ढुङ्गाकै छन्, त्यहाँ मूर्ति मात्रै छन, यहाँ मूर्तिमा भगवान छन, त्यसैले यहाँ रोएको हो !!

०००
बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x