सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्धावस्था

पिता- माता हाम्रा भुवनभरिमा श्रेष्ठ जन हुन् महा ज्ञानी बन्छाैं जगतभरि क्वै रुष्ट नबनून् रमाेस् हाम्राे धर्ती दिलखुश हुँदै अग्रज रमून् गरी माया श्रद्धा हर तरहले चिन्तन गरून्।

Nepal Telecom ad

नवराज न्याैपाने ‘माैन’ :

गयाे मेराे बेला अब जिउनुकाे आखिर घडी
भलाे साेच्दै बाँचू यस जगतमा साधक बनी
न देख्ने यी आँखा तिरिमिरि बने झैं सब चिज
न सुन्ने यी कानै खलबल गरे झैं जन बिच।१।

छ बाधा जे गर्दा पनि वदन याे दुख्छ कसरी
कसाे गर्दै मैले अब कति दिनै बस्नु यसरी
सधैं हाँस्दै खेलून् सबकुछ यहाँ छन् कुल जति
बढी जाऊन् सारा असल पथमा साथ सुमति।२।

भए नाैला नाैला प्रचलन अहाे दिक्क छ मन
हराए झैं सारा विगत सपना भिज्छ नयन
सँगालें ती अाशा वरपर सबै दूर हुन गाे
मलाई पीडाले अति दुख दियाे नाति सुन याे।३।

सुनी यस्ता वाणी विरह लयमा वृद्ध जनका
हटे सारा धम्की जति पनि थिए पाप मनका
नग्रर्नू है हेंला शिथिल वयका वृद्ध जनमा
र साेधाैं के धाेकाे मनभरि थियाे शान्त सपना।४।

पिता- माता हाम्रा भुवनभरिमा श्रेष्ठ जन हुन्
महा ज्ञानी बन्छाैं जगतभरि क्वै रुष्ट नबनून्
रमाेस् हाम्राे धर्ती दिलखुश हुँदै अग्रज रमून्
गरी माया श्रद्धा हर तरहले चिन्तन गरून्।५।

०००
मातातीर्थ, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
आआफ्नै गन्थन

आआफ्नै गन्थन

नवराज न्याैपाने माैन
चार ठाेक्तक

चार ठाेक्तक

नवराज न्याैपाने माैन
वृद्धावस्था

वृद्धावस्था

नवराज न्याैपाने माैन
तीन ठोक्तक

तीन ठोक्तक

नवराज न्याैपाने माैन
जब म बुढो हुनेछु…

जब म बुढो हुनेछु…

भावना न्याैपाने
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे