साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धावस्था

पिता- माता हाम्रा भुवनभरिमा श्रेष्ठ जन हुन् महा ज्ञानी बन्छाैं जगतभरि क्वै रुष्ट नबनून् रमाेस् हाम्राे धर्ती दिलखुश हुँदै अग्रज रमून् गरी माया श्रद्धा हर तरहले चिन्तन गरून्।

Nepal Telecom ad

नवराज न्याैपाने ‘माैन’ :

गयाे मेराे बेला अब जिउनुकाे आखिर घडी
भलाे साेच्दै बाँचू यस जगतमा साधक बनी
न देख्ने यी आँखा तिरिमिरि बने झैं सब चिज
न सुन्ने यी कानै खलबल गरे झैं जन बिच।१।

छ बाधा जे गर्दा पनि वदन याे दुख्छ कसरी
कसाे गर्दै मैले अब कति दिनै बस्नु यसरी
सधैं हाँस्दै खेलून् सबकुछ यहाँ छन् कुल जति
बढी जाऊन् सारा असल पथमा साथ सुमति।२।

भए नाैला नाैला प्रचलन अहाे दिक्क छ मन
हराए झैं सारा विगत सपना भिज्छ नयन
सँगालें ती अाशा वरपर सबै दूर हुन गाे
मलाई पीडाले अति दुख दियाे नाति सुन याे।३।

सुनी यस्ता वाणी विरह लयमा वृद्ध जनका
हटे सारा धम्की जति पनि थिए पाप मनका
नग्रर्नू है हेंला शिथिल वयका वृद्ध जनमा
र साेधाैं के धाेकाे मनभरि थियाे शान्त सपना।४।

पिता- माता हाम्रा भुवनभरिमा श्रेष्ठ जन हुन्
महा ज्ञानी बन्छाैं जगतभरि क्वै रुष्ट नबनून्
रमाेस् हाम्राे धर्ती दिलखुश हुँदै अग्रज रमून्
गरी माया श्रद्धा हर तरहले चिन्तन गरून्।५।

०००
मातातीर्थ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x