साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलपति राईको एकल कविता वाचन अमेरिकामा

वरिष्ठ कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल प्रज्ञा- प्रतिष्ठान संसारको जुनसुकै कुना भए पनि सम्पूर्ण नेपालीको साझा थलोको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

Nepal Telecom ad

काठमाडौँ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन अमेरिकाको बोस्टनमा आयोजना गरिएको थियो। ‘सबै भाषा-सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ
‘सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा-प्रतिष्ठान’ अघि बढिरहेको छ ।

यसै उद्वेश्यसहित कुलपति राईको एकल कवितावाचनको पहिल‍ो श्रृङ्खला चितवनबाट प्रारम्भ गरिएको थियो ।

यसै क्रमको दोस्रो श्रृङ्खला अमेरिकाको बोस्टनमा आफ्नो चर्चित कवितासङ्ग्रह ‘यारी’बाट कविता वाचन गर्नुभएको थियोे । यसै सिलसिलामा उहाँले भाषा, साहित्य, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायतका विधाको उत्खनन र प्रवर्द्धन गर्ने उद्वेश्यले २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा- प्रतिष्ठानमा अझै पनि आमूल परिवर्तन हुन सकेको छैन । जसको विद्यमान अवस्था उस्तै नै रहेको छ भन्दा अन्यथा लिनुपर्ने छैन भन्दै आफ्नो धारणा राख्नु भएको थियो ।

अझ उहाँले कतिपयलाई प्राज्ञ-प्रतिष्ठानको महत्त्व, उद्वेश्य र प्रभावकारिता थाहा भइसकेको छैन् र त्यसलाई देश – विदेशसम्म पुर्याउने लक्ष्य राखेको बताउनुभएको थियो ।

यसैक्रममा कूलपति राईले नेपाल प्रज्ञा- प्रतिष्ठान संसारको जुनसुकै कुना भएपनि सम्पूर्ण नेपालीको साझा थलोको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको थियो।

यसैगरी प्रज्ञा -प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य /काव्य ) विभाग प्रमुख बाबा बस्नेतले कविता वाचन, अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्वन पूजाले मनतव्य र अनेसास नेपाल च्याप्टरका पूर्व महासचिव ऋषभदेव घिमिरे र दिपा राईले पनि कविता वाचन गर्नुभएको थियो ।

सो कार्यक्रमअनेसास, बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोस्टन, न्यू ह्याम्प्सायर र न्यूयोर्कबाट समेत सहभागिता रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x