साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुभद्रा भट्टराई स्मृति पुरस्कार तथा सम्मान हस्तान्तरण

कार्यक्रममा गान, बजान, साहित्य लेखनमा स्थापित स्रष्टा मातृकाप्रसाद संग्रौलालाई दोसल्ला, सम्मानपत्र तथा रु ५,०००।- राशिको नगदसहित नवज्योति शुभद्रा भट्टराई स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

Nepal Telecom ad

फित्कौली डटकम :

झापा, ०८० मङ्सिर ११ । ‘नव साहित्य सेवा समाज, बाहुनडाँगीको आयोजनमा बाहुनडाँगीको गाडागल्लीमा आयोजित नवसाहित्य शुभद्रा भट्टराई स्मृति पुरस्कार, ज्येष्ठ नागरिक सम्मान तथा विजयी प्रतियोगी बाल कविहरूलाई पुरस्कृत कार्यक्रम सम्पन्न भएको छ ।

नव साहित्य सेवा समाज, बाहुनडाँगीका कार्यबाहक अध्यक्ष हरिप्रसाद नेउपानेको अध्यक्षता, आख्यानकार तथा सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्य, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, विर्तामोड साहित्य कला प्रतिष्ठानका अध्यक्ष भगवती ढुङ्गेल, मेचीनगर वार्ड नं.१ का अध्यक्ष रामकुमार राई, अक्षयकोषदाता हिरण्यप्रसाद भट्टराईसमेतको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमको सन्चालन समाजका सचिव कमलप्रसाद दाहालले र स्वागत सहसचिव दीपक खनालले गर्नुभएको थियो ।

कार्यक्रममा गान, बजान, साहित्य लेखनमा स्थापित स्रष्टा मातृकाप्रसाद संग्रौलालाई दोसल्ला, सम्मानपत्र तथा रु ५,०००।- राशिको नगदसहित नवज्योति शुभद्रा भट्टराई स्मृति पुरस्कार प्रदान गरिएको थियो । ज्येष्ठ नागरिक सम्मान ८६ वर्षीय केन्द्रप्रसाद आचार्यलाई गरिएको थियो । मेजसा मा.वि.की निस्ता नेपालले गएको वर्ष एसइइमा छात्राहरुमध्ये मेचीनगर भरिमा सबैभन्दा बढी अङ्क ल्याई उत्तीर्ण गरेकीलाई पनि पुरस्कृत गरिएको थियो ।

यस्तै कविता प्रतियोगितामा विजयी गङ्गा राई सहित ३ जना बालकविहरू पनि पुरस्कृत गरिए । युनाइटेड अंग्रेजी आवासीय विद्यालयका, मेजसा मा.वि.का छात्रछात्राद्वारा कार्यक्रमको बीचबीचमा नृत्य प्रस्तुत गरिएको थियो । कविहरू कृष्णप्रकाश सुमार्गी, जयप्रसाद आचार्य, हिरण्यप्रसाद भट्टराई, महेन्द्र मल्ल, ज्ञानेन्द्र ढुङ्गाना, लक्ष्मी अच्युत ढुङ्गाना, नमूना निरौला दाहाल, भरना दुलालले कविता वाचन गर्नुभएको सो कार्यक्रममा सुसेली साहित्यिक परिवारका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले हास्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा ज्ञानेन्द्र ढुङ्गानाको “विडम्बना” कविता संग्रहकाे पनि लोकार्पण गरिएकाे थियो ।

प्रमुख अतिथि पुण्यप्रसाद खरेल, विशिष्ट अतिथिहरु प्रेमप्रकाश फलाहारी, भगवती ढुङ्गेल, हिरण्यप्रसाद भट्टराई, पुरस्कृत व्यक्तित्व मातृकाप्रसाद संग्रौलाले आफ्ना मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष हरिप्रसाद नेउपानेले सबै उपस्थित महानुभावहरू तथा कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेर कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक व्यक्तित्वहरू लोकबहादुर सुवेदी, डिल्लीराम कट्टेल, टेकबहादुर देवान, वडा सदस्य सीता वि.क, त्रिफलाका उपाध्यक्ष रामप्रसाद दाहाल, सुरेन्द्र खड्का, जीवनकुमार पौडेल, नवराज रिसाल, श्याम आचार्य (प्रिन्सिपल), कवि दधिराम खनाल, हिमा रिसाल, सनद अधिकारी, बुद्धिप्रसाद खनाल, सीतादेवी संग्रौला लगायत भव्य उपस्थिति रहेको थियो ।

०००
– पुण्य खरेलबाट सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x