साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान नेपाल

खेती गर्नु हुँदैन है श्रम गरी जोत्ने कुरा छाडियोस् दैलोमा धमिरा चढे पनि चढून् पोत्ने कुरा छाडियोस् पैसा चट्ट चिटिक्क रूप बनिने शृङ्गार जो किन्दछ कौसी अन्न फलाउने जमिन हो भन्ने कुरा चिन्दछ !!

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

के उद्योग गरे विकास पथमा जाने थियो देश यो ?
के उत्पादनले सबै मुलुकको साँच्चै हुने हो भलो ?
भन्ने सोच विचारका लहरले बेचैन बेचैन म
यो निष्कर्ष भनेर आज मनले साँच्चै दियो सान्त्वना !!

पैसा उद्यम हो कमाउन सके जे जे गरेरै पनि
आफू बेच कि बेच यो मुलुक नै पैसा बनोस् जीवनी
हाम्रो देश धनी हुँदैछ अहिले बेचेर मान्छे यहाँ
यस्तो बुद्धि हुने महाजन कहाँ होलान् अरू देशमा !!

किन्ने हो अब खान लाउन सबै पैसा न हो जिन्दगी
भान्सामा परिकार भोजन मिठा मिल्छन् घरैमा बसी
मान्छे इन्धन हुन् बलून् मरु पुगी जे जे भए ता पनि
पैसा मात्र फिरोस् कि ता सुन फिरोस् मान्छे नफर्के पनि !!

खेती गर्नु हुँदैन है श्रम गरी जोत्ने कुरा छाडियोस्
दैलोमा धमिरा चढे पनि चढून् पोत्ने कुरा छाडियोस्
पैसा चट्ट चिटिक्क रूप बनिने शृङ्गार जो किन्दछ
कौसी अन्न फलाउने जमिन हो भन्ने कुरा चिन्दछ !!

भ्रष्टाचार अचार झैँ छ अहिले खाने छिटो जिन्दगी
खाँदा स्वाद लिएर ट्वाक्क यसले लाने छिटो जिन्दगी
माया प्रेम ठुला कुरा नभनियून् पैसा सबै किन्दछ
गोजी भर्न सके समाज घरले दर्जा ठुलो चिन्दछ !!

०००
झापा हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x