साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लागो मन्साइ

मेरा बाबै ! तिनीहरू त नाजायज सम्बन्धका अवैध उपज पो रहेछन् ढाकछोप गरिरहनु पर्ने लागो मन्साए झैँ भाग काटेर भाग छुट्याइरहनु पर्ने पालैसित सुनको थालैसित ।

Nepal Telecom ad

ओम आचार्य :

साँच्चै !
तिनले जन्माएका
हामीले ठानेका/मानेका
तिनका सन्तान
तिनकै नाटकका
अरुहरू नभएर
नायक/नायिका
किन भएका होलान् ?
बरफजस्तै जमेको जिज्ञासा
आकाशबाट ताराहरूले
पटक पटक
आँखा झिम्काएपछि पग्लियो,
मेरा बाबै !
तिनीहरू त
नाजायज सम्बन्धका
अवैध उपज पो रहेछन्
ढाकछोप गरिरहनु पर्ने
लागो मन्साए झैँ
भाग काटेर
भाग छुट्याइरहनु पर्ने
पालैसित
सुनको थालैसित ।

०००
अर्घाखाँची ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x