साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब कहिले फुल्ने हो फूल

मेरो त मन हो, उठ्न त मलाई मन लागेको छ तर सबै सुतेको देखेर अचम्ममा छु हिजो सम्म को यो सग्लो मुटु पनि टुक्रा टुक्रा भएर लखतरान हुँदै आज थाकेको छ ।

Nepal Telecom ad

गोविन्द कोइराला :

ठानेको थिएँ,
म शिशिर ऋतुमा छु,
त्यसैले सायद यो स्वाभाविक पनि होला,
देख्दै छु,
यहाँ सबै रुख बिरूवाको पात झरेको छ ।
झीर-झिम्म पात नभए पनि
बाहिर बाट हेर्दा त अझैँ यो साँच्चिकै रुख जस्तै देखिन्छ,

तर के गर्ने
पानी पनि नपाएर, यो रुखको त जरा समेत मरेको छ ।
लागेको थियो मलाई,
मेरो बगैँचाको यो फूलबारीमा
थरीथरीका फुलहरूले जता ततै घेरेको हुन्छ ।
फुलको सुवासलाई आत्मसात् गर्दै
उल्लासमय जीवनमा आनन्दित मनको चक्षुले समेत
चारै नतर हेरेको हुन्छ ।
तर, खै कहिले फुल्ने हो फूल
यहाँ त सबै रुख र बिरूवामा पात झरेको छ ।

अनि,
पानी पनि नपाएर, यो रुखको त जरा समेत मरेको छ ।
सोच्दै थिएँ,
केही समयलाई मात्र पात झरेको होला
शिशिर पछि वसन्तेमा मुना पलाएर आउँछ
जताततै हरियाली नै हरियाली छाउँछ ।
तर के गर्ने ?
बगैँचा नै नष्ट पाना भनेर कीटाणु लागेका छन्
बिरूवामा पानी हाल्ने भनेर
खै कस-कसले हो कुन्नि होली वाइन नै खन्याउन लागेको छ ।
त्यसैले होला सायद, बगैँचा नै सुक्न थालेको छ ।
जात त त्यस्तै उस्तै हो
मासी चामलको भात लागेको छ
भात मात्र पनन होइन रे
अब त होली वाइनको समेत मात लागेको छ ।
होली वाइनको करामतले फूलबारी नै नष्ट पार्न दागेको छ ।

मेरो त मन हो,
उठ्न त मलाई मन लागेको छ
तर सबै सुतेको देखेर अचम्ममा छु
हिजो सम्म को यो सग्लो मुटु पनि
टुक्रा टुक्रा भएर लखतरान हुँदै आज थाकेको छ ।

त्यसैले म भन्दै छु
खै कहिले फुल्ने हो फूलबारीको यो फूल
यहाँ त सबै रुख र बिरूवाबाट पात झरेको छ ।
अनि,
पानी पनि नपाएर, यो रुखको त जरा समेत मरेको छ ।

०००
भोजपुर, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x