सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अब कहिले फुल्ने हो फूल

मेरो त मन हो, उठ्न त मलाई मन लागेको छ तर सबै सुतेको देखेर अचम्ममा छु हिजो सम्म को यो सग्लो मुटु पनि टुक्रा टुक्रा भएर लखतरान हुँदै आज थाकेको छ ।

Nepal Telecom ad

गोविन्द कोइराला :

ठानेको थिएँ,
म शिशिर ऋतुमा छु,
त्यसैले सायद यो स्वाभाविक पनि होला,
देख्दै छु,
यहाँ सबै रुख बिरूवाको पात झरेको छ ।
झीर-झिम्म पात नभए पनि
बाहिर बाट हेर्दा त अझैँ यो साँच्चिकै रुख जस्तै देखिन्छ,

तर के गर्ने
पानी पनि नपाएर, यो रुखको त जरा समेत मरेको छ ।
लागेको थियो मलाई,
मेरो बगैँचाको यो फूलबारीमा
थरीथरीका फुलहरूले जता ततै घेरेको हुन्छ ।
फुलको सुवासलाई आत्मसात् गर्दै
उल्लासमय जीवनमा आनन्दित मनको चक्षुले समेत
चारै नतर हेरेको हुन्छ ।
तर, खै कहिले फुल्ने हो फूल
यहाँ त सबै रुख र बिरूवामा पात झरेको छ ।

अनि,
पानी पनि नपाएर, यो रुखको त जरा समेत मरेको छ ।
सोच्दै थिएँ,
केही समयलाई मात्र पात झरेको होला
शिशिर पछि वसन्तेमा मुना पलाएर आउँछ
जताततै हरियाली नै हरियाली छाउँछ ।
तर के गर्ने ?
बगैँचा नै नष्ट पाना भनेर कीटाणु लागेका छन्
बिरूवामा पानी हाल्ने भनेर
खै कस-कसले हो कुन्नि होली वाइन नै खन्याउन लागेको छ ।
त्यसैले होला सायद, बगैँचा नै सुक्न थालेको छ ।
जात त त्यस्तै उस्तै हो
मासी चामलको भात लागेको छ
भात मात्र पनन होइन रे
अब त होली वाइनको समेत मात लागेको छ ।
होली वाइनको करामतले फूलबारी नै नष्ट पार्न दागेको छ ।

मेरो त मन हो,
उठ्न त मलाई मन लागेको छ
तर सबै सुतेको देखेर अचम्ममा छु
हिजो सम्म को यो सग्लो मुटु पनि
टुक्रा टुक्रा भएर लखतरान हुँदै आज थाकेको छ ।

त्यसैले म भन्दै छु
खै कहिले फुल्ने हो फूलबारीको यो फूल
यहाँ त सबै रुख र बिरूवाबाट पात झरेको छ ।
अनि,
पानी पनि नपाएर, यो रुखको त जरा समेत मरेको छ ।

०००
भोजपुर, हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)