साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठ उठ, टाउकाले टेकेर उठ

बिन्ती छ उठ, टाउकाले टेकेर उठ बिन्ती छ उठ, छातीले टेकेर उठ उठ, जतिसक्यो माथिमाथि उठ उठ, विश्वरेकर्ड नाघेर उठ हामीलाई यो चाहिँ प्रष्ट थाहा छ ।

Nepal Telecom ad

दिव्य गिरी :

उठ उठ सदनबाट उठ, सडकबाट उठ
यो देशमा काण्डैकाण्ड गर्न जुरुक्क उठ
हातमा शक्ति हुनेहरू शक्ति दुरुपयोग गर्न उठ
हातमा बन्दुक लिनेहरू निर्दोषको सिकार गर्न उठ
राजनीति गर्नेहरू लोकतन्त्रको नारा घन्काएर उठ
हाम्रो लोकतन्त्र भनेर उठ
राजनीतिका चम्चेहरू ठोकतन्त्रको अभियान गम्काएर उठ
हाम्रो ठोकतन्त्र बनेर उठ
जनतालाई महङ्गीको शिखर चढाउन उठ
देशमा भ्रष्टाचारको उचाई बढाउन उठ
हातमा कानुन लिनेहरू न्याय दवाउन उठ
हातमा कलम हुनेहरू अपराधीको सजाए घटाउन उठ
कुशासनको लागि दुशासन बनेर उठ
सधैँ सत्तामा हैकम जमाउन उठ
सधैँ भ्रष्ट बनी पैसा कमाउन उठ
तिमीले नउठे यो देशमा को उठ्छ ?

दसकौंसम्म बेइमान बनेर उठ
दसकौंसम्म विश्वासघाती बनेर उठ
कहिले झोले बनेर उठ
कहिले डोले बनेर उठ
पदको दुरुपयोग गर्दै काण्डैकाण्ड मच्चाउन उठ
पदको दुरुपयोग गर्दै दण्डैदण्ड पचाउन उठ
कर्तव्य र धर्म बिर्सेर उठ
अधिकार जमाउन उठ
अनुशासन भत्काउन उठ
यो देशमा तिमीले नलुटे कस्ले सक्छ लुटन् ?
यो देशमा तिमी नउठे को सक्छ उठ्न ?

बिन्ती छ उठ, टाउकाले टेकेर उठ
बिन्ती छ उठ, छातीले टेकेर उठ
उठ, जतिसक्यो माथिमाथि उठ
उठ, विश्वरेकर्ड नाघेर उठ
हामीलाई यो चाहिँ प्रष्ट थाहा छ
तिमी जतिजति माथिमाथि उठ्छौ
हामी त्यतित्यति तलतल भासिन्छौँ ।

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x