साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी गजबका मान्छेहरू !

जनता पनि अचम्मका छन् यस देशमा अझै पनि जताततै देखिन्छन् यिनकै मतियारहरू न त जोत्न सक्न्या न गोठ खाली हुन्या यी अघोरी बुढा गोरुहरू !!

Nepal Telecom ad

सानुकाजी थापा :

न जान्छन् अगाडि आफै
न जान दिन्छन् कसैलाई
न बनाउछन आफै
न बनाउन दिन्छन् कसैलाई
कहिल्यै नसुध्रिने प्रवृत्ति बोकेका
स्वार्थी तथा लम्पट यी गजबका मान्छेहरू ।

भ्रष्टाचारकै भरमा महल ठड्याउँछन्
अनि भ्रष्टाचार विरुद्ध भाषण दिन्छन्
जनताको रगत पसिना चुस्छन्
फेरिपनि आफुलाई जननेता ठान्छन् ।

जति राखेपनि नभरिने यी लोभका घडाहरू
खाएर कहिल्यै नअघाउने यी आहारिसेहरू
राष्ट्रलाई खोक्रो बनाउछन अनि राष्ट्र सम्वृद्धिको
भाषण दिन्छन्
निमुखा अनि सिधासाधालाई आफ्नो कुटिल जालमा फसाउँछन
दक्ष जनशक्तिलाई देश बाहिर भगाउँछन
शोषक सामन्त र जाली फटाहहरूलाई आफ्नो
हिमायती बनाउछन् ।

हे जीवनभर खोक्रो आश्वासनको भ्रम छरेर जँघार तर्नेहरू
संधैभरि प्रलोभन तथा झुटो आश्वासनको खेती गर्नेहरू
बेलैमा होस् गर अनि सचेत हौ एकदिन यस्तो पनि आउनेछ
जनताले नै बन्द गर्नेछन् तिम्रा झुटमुटको खेल
अनि सधैँका लागि बन्द हुनेछ तिम्रो नौटङ्की रेल ।

घैंटोभित्र घाम लाग्दैन भन्छन्
दुष्टलाई जति सम्झाए पनि लाग्दैन भन्छन्
अर्काको घर जलाउनेको पनि एकदिन घर जल्छ भन्छन्
घर जलेन भनेपनि भुतुक्कै हुनेगरी मन जल्छ भन्छन् ।

देश र जनतालाई रुहाएर तिमीहरू कसरी हाँस्न सक्छौ ?
संधैभरी झुटमुटको खेती गरेर कहिलेसम्म बाँच्न सक्छौ ?
कति हेरौं तिम्रा त्यी उदांगिएका अनुहारहरू
कहिले चेत आउँछ खै तिमीहरूलाई हे लालची हुँडारहरू

मुखले त कृषिमै पनि अद्भूत क्रान्ति ल्याईरहन्छन यिनले
कृषकै पिल्सिएतापनि
सुन फलाउँछौ पनि भनि दिन्छन् मुखले बारी बाँझै रहोस् तापनि

जनता पनि अचम्मका छन् यस देशमा
अझै पनि जताततै देखिन्छन् यिनकै मतियारहरू
न त जोत्न सक्न्या न गोठ खाली हुन्या
यी अघोरी बुढा गोरुहरू !!

०००
आबुखैरेनी, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x