साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेगल दृष्टि

बने कृष्ण त्यस्तै तिनै आज राम छ ताली तिनैको बढो धूमधाम यहाँ ठान्दछन् यो सही योग्य- मान म ता ठान्छु त्यस्ता सबै हुन् हराम ।

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

कमायो भने छेउमा पर्छ बोल्न
रमायोसँगै ऊ कुनै दाउ पार्न
हुँदा दीनतामा कुनै आउँदैन
भए अर्थ मेरा त्यही भो सपार्न ।१

यहाँ अर्थले अर्थ खोज्ने जमाना
झिँगा भन्किने गर्दछन् चारमाना
यही ठान्छ राम्रो यहाँको समाज
रुपैयाँ रूपैयाँ फलेको दिमाग ।२

दिवा रात सन्ध्या यही स्वप्न देख्ने
न नाता न आफ्नो कहीँ त्यो नदेख्ने
यही मुख्य बाटो भनेको छ सारा
कमाऊँ कहाँ दोबरी पार्न देख्ने ।३

ग-यो काम कस्तो न लेखा छ हाम्रो
छ सम्पत्ति धेरै जहाँ जो छ राम्रो
छ हालीमुहाली दलालीहरूको
बजे बाँसुरी आज त्यस्तैहरूको ।४

बने कृष्ण त्यस्तै तिनै आज राम
छ ताली तिनैको बढो धूमधाम
यहाँ ठान्दछन् यो सही योग्य- मान
म ता ठान्छु त्यस्ता सबै हुन् हराम ।५

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x