साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के मलाई हक छैन र ?

सम्पत्ति उसले जोडेको के मलाई डाहा छैन र ? लौ, जनता नियाँ गरिदेऊ मेरो नि पेट भरिदेऊ कि घुस बन्द गरिदेउ कि मलाई गन्ध छरिदेऊ ॥

Nepal Telecom ad

युगल बसेल :

के म जागिरे होइन र ?
के मेरो पेट छैन र ?
घुस र जुस पिउने
के मेरो हक छैन र ?

उसले र मैले एउटै
लोकसेवा लड्या हैन र ?
कापीमा जवाफ कलमले
उस्तै लेखेको होइन र ?

काख कोल्टी जनताले गरेको
के मलाई थाहा छैन र ?
सम्पत्ति उसले जोडेको
के मलाई डाहा छैन र ?

लौ, जनता नियाँ गरिदेऊ
मेरो नि पेट भरिदेऊ
कि घुस बन्द गरिदेऊ
कि मलाई गन्ध छरिदेऊ ॥

०००
सन्धिखर्क -१, अर्घाखाँची

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ramprasad panthi
Ramprasad panthi
1 year ago

किन छर्थै गन्धहरू
उँघी उँघु आफै सुँघ्छन्
निर्धामाथि लात मारी
आफ्नाे मात्रै भुँडी भर्छन् ।

Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
1
0
Would love your thoughts, please comment.x
()
x