साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडी

कसरत गर्नै पर्‍यो भने पनि भित्रैदेखि मन मर्दछ बढ्ने चिज हो बढी राखोस् घटाउन कस्ले दुःख गर्दछ खाने कुरा देख्यो कि त आफैँ हाउडो उघ्रिन्छ मैले त आशै मारिसकेँ कि मेरो बानी अब सुध्रिन्छ ।

Nepal Telecom ad

शशी तिमल्सिना :

सुन्नुहोस् हजुर म तपाईंलाई मेरो व्यथा सुनाउँछु
मसँगै संसार देखेको मेरो भुँडीको कथा सुनाउँछु
मेरो भुँडी त्रिचालिस वर्ष भो मेरो साथी बनेको छ
फुल्दै बढ्दै बिस्तारै अहिले छातीमाथि बनेको छ ।

टररा अमिला गुलिया नुनिला सबथोक हुलेको छ
के घमण्ड छ यसलाई कुन्नि डुम्म फुलेको छ
छिटो छ कतै जानु परे म भन्दा अघी यो पुग्दछ
अलिकति सास तान्यो कि त लुसुक्क भित्र लुक्दछ ।

संगीत प्रेमी छ भित्रभित्रै यो अनेक आवाज बनाउँछ
के साँचेको छ भित्र जब निकाल्छ उधुमै गन्हाउँछ
हिँड्दा हल्लिन्छ यसरि कि मानौं भुकम्प ल्याउँछ
आकार बढ्दै गएर देखिएको छ मानौं भोलि नै ब्याउँछ ।

डाक्टर को मा जानै हुन्न यसको रिसै मात्र गर्दछन्
ठुलो भुँडीले दुख दिन्छ रे मनमा डर मात्र भर्दछ्न्
रोगको पोको हो यसलाई घटाउन पर्छ पो भन्दछन्
जे सुकै गरेर यसको बोसो हटाउन पर्छ पो भन्दछन ।

कसरत गर्नै पर्‍यो भने पनि भित्रैदेखि मन मर्दछ
बढ्ने चिज हो बढी राखोस् घटाउन कस्ले दुःख गर्दछ
खाने कुरा देख्यो कि त आफैँ हाउडो उघ्रिन्छ
मैले त आशै मारिसकेँ कि मेरो बानी अब सुध्रिन्छ ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x