साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बञ्जर (१४)

छोरा जोर हुँदा शशी-रवि दुवै साँच्चै उदाएसरि कत्रो हर्ष थियो,खुसी कति थियो आनन्दको बल्लरी ! पुग्दैनन् अब शब्द भन्न अगिका आनन्दका हर्षका पुग्दैनन् सब भन्न शब्द अहिले पीडा व्यथा कर्षका ॥

Nepal Telecom ad

हेम अधिकारी :

चाँडै फर्क सँगै लिएर दुलही धन्दा बिहेको गरौँ
भित्र्याई दुलही नयाँ, सुमनझैँ शोभा र आशा छरौँ
खर्चै छैन फिरेस् लिएर सँगमा कर्तब्य आफ्नो भनी
भित्र्याई दुलही र भाइ घरमा फर्केर जानू अनि ॥

कस्ले सुन्छ, ठुले छ कुन् सहरमा, कस्ले लगी भन्दिने
जेठो बाहिरियो छ आस घरमा कान्छो भने के हुने
जम्मै छन् तर साथ छैन बुढियौँ मान्दैन कोही भनी
छोरा छन् ,दुलही छ तैपनि यहाँ छैनन्, सहारा पनि ॥

आशा लाग्छ सधै बधूसुत मिली जिम्मा लिऊन् यो अनि
तातो भात सधैँ मिठा वचनले पस्केर दिन्छन् भनी
हाम्रो हालत बिग्रँदैछ दिनहूँ, थामी घरैमा बसून्
कान्छी मात्र छ आस दीप घरमा छोरी-बुहारी बनून् !

छोरा जोर हुँदा शशी-रवि दुवै साँच्चै उदाएसरि
कत्रो हर्ष थियो,खुसी कति थियो आनन्दको बल्लरी !
पुग्दैनन् अब शब्द भन्न अगिका आनन्दका हर्षका
पुग्दैनन् सब भन्न शब्द अहिले पीडा व्यथा कर्षका ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x