होम सुवेदीदानी ठर्छाैँ
आगो जस्तो गर्मी ताप्तै बँधुवाको रुपमा बुढो गोरु चरेजस्तो कम्पनीमै चर्छाैँ ॥

होम सुवेदी :
हुर्किएका मनुख्खेका चल्ला निर्यात गर्छाैँ
तिनै मान्छे बेच्छौँ तिनकै लाछ आयात गर्छाैँ॥
घाटा छैन आयात निर्यात व्यापारमा हाम्रो
सन्तुलित व्यापार गर्न बिउ बिजन छर्छाैँ ॥
हामी कैले कतार जान्छौँ कैले मलेसिया
लुकी छिपी कैलेकाहीँ अर्को मुलुक सर्छाैँ ॥
केही सिप नलागेमा अमेरिका जान
समुद्रको बाटैबाट लुकी छिपी तर्छाैँ ॥
चम्चे हुँदै हाँकिँदैन जिन्दगीको गाडी
कङ्गाल देशमा मर्नु भन्दा बरु उतै मर्छाैँ॥
आगो जस्तो गर्मी ताप्तै बँधुवाको रुपमा
बुढो गोरु चरेजस्तो कम्पनीमै चर्छाैँ ॥
छरिएन पसिनाको थोपो यतातिर
डढेपछि आफ्नै जिउको खरानी ता छर्छाैँ ॥
सेवा गर्ने काममा हामी कहाँ पछि छौँ र
रक्तदान यतै गर्छौँ यतै दानी ठर्छाैँ ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest






































