फित्काैली डटकमझ्याउरे लोकछन्दको पुनर्जागरण अभियान शुरु
यो छन्द हाम्रै मौलिक छन्द भएकोले यस छन्दलयमा कविता लेख्नका लागि सम्पूर्ण सर्जकहरूलाई आव्हान गरिएको छ ।
काठमाडाैं, २०८१ भाद्र ९ । झ्याउरे छन्दलय कविता लेखनकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको झ्याउरे छन्दलयमा रचना गरिएको ‘मञ्जरी’ खण्डकाव्यको विमर्श तथा झ्याउरे छन्दलय कविता बाचन कार्यक्रम भोलि ११.०० बजे काठमाडौंको रत्नराज्य क्याम्पस (आर.आर. कलेजमा भृकुटी मण्डपमा हुँदैछ ।
नेपाली /संस्कृत साहित्यमा रहेका छन्दहरू मध्ये एक महत्वपूर्ण छन्द झ्याउरे छन्द हो । यो छन्द हाम्रै मौलिक छन्द भएकोले यस छन्दलयमा कविता लेख्नका लागि सम्पूर्ण सर्जकहरूलाई आव्हान गरिएको छ ।
काव्य घर नेपाल मिडिया प्रा.लिको पेरोल काव्य घर साहित्य विभागद्वारा कार्यक्रम गर्न लागिएको हामीलाई अभियन्ता तथा आयोजक संस्थाका अध्यक्ष रेणुका भट्टराईले जानकारी दिनु भएको छ ।
झ्याउरे छन्दलयमा लेखिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ अझै पनि उत्तिकै लोकप्रिय छ । यसको अर्थ हाम्रो लोकलय जीवन्त छ भन्ने प्रष्ट देखिन्छ । त्यसैले झ्याउरे लोकछन्द कविता लेखनको पुनर्जागरण अभियान शुरु गरेको भट्टराई बताउनु हुन्छ । साथै सबैलाई फेरि एकपटक झ्याउरे लोकछन्द कविता लेख्न अनुरोध समेत गरिएको छ ।
कार्यक्रममा छन्द लेखनका अभियन्ता विशिष्ट व्यक्तित्व, समीक्षकसहित उत्साहजनक सहभागिताको प्रस्तुति रहने समेत जानकारी गराइएको छ ।
०००
श्राेत : नेपाल बाेर्डर
Subscribe
Login
0 Comments
Oldest







































