साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो बेला र यो बेला

सोह्र हजार गोपिनीका जोडा एउटै ग्वाला । अहिलेका ग्वालिनी त दसौँ जोडी वाला । त्यस बखतका ग्वालिनीले गोरसपान गर्ने । अहिलेका गोपिनीले वाइनले लाद्रो भर्ने ॥

Nepal Telecom ad

युगल बसेल :

द्वापर युगका कृष्णजीले मुरली बजाए ।
अहिलेका कृष्णजीले हर्न मात्रै दबाए ॥

उ बेलाका कृष्णजीले हरण गर्थे सारी ।
अहिलेका कृष्ण खोस्छन् कस्टमका भारी ॥

जमानाका राधाजीका एउटै थिए प्रेमी ।
अहिलेका राधाजीलाई प्रेमीको के कमी ?॥

नौनी घिउ, दही चोर्थे उनी कृष्ण काले ।
यिनी काले तोरतोराउँदा पोथी चोर्न थाले ॥

सोह्र हजार गोपिनीका जोडा एउटै ग्वाला ।
अहिलेका ग्वालिनी त दसौँ जोडी वाला ॥

त्यस बखतका ग्वालिनीले गोरसपान गर्ने ।
अहिलेका गोपिनीले वाइनले लाद्रो भर्ने ॥

उल्टोपाल्टो जताततै किन होला भाको ?
मेरै नजर दोषी हो कि जुगै दोषी आको ॥

०००
सन्धिखर्क-१, अर्घाखाँची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x