साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाहुरे-चाउरे

तर अनौठो चैँ हाम्रो देशमा के छ भने एउटै मान्द्रोमा सुतेका, एउटै काखमा मुतेका, एउटै आन्द्रोबाट छुटेकाहरू एकआपसमा भिड्न जुटेका छन् । यहाँ मान्छे भुट्ने र कुट्ने कुटीर उद्योग फस्टाएको छ ।

Nepal Telecom ad

आर.सी रिजाल :

“लडाकूहरूको देश भन्नाले कुन देशलाई जनाउँछ ?” सामान्यज्ञानको पुस्तकमा यसको उत्तर ‘नेपाल’ लेखेको पाइन्छ । म ठोकुवासाथ भन्नसक्छु- यस्तो लेख्नुको पछाडि पहिलो र दोस्रो विश्वयुद्धमा तपाइँहरूको पुर्खाले भाडाको सिपाही भएर पराई देशमा नडराई लडेका र कैयौँ वीर त उतै सडेका कारणले हो ।

नेपालको बिजुली बत्तिझैँ बेलाबेलामा आउने र बेलाबेलामा जाने बहुदलीय ब्यवस्थाको पछिल्लो पटकको चटक आगमनपछि यो राष्ट्र गृहयुद्धको दलदले भासमा बास बस्न पुगेको हो । यो युद्धले नेपालीहरू वास्तवमा लडाकूनै हुन् भन्ने भरिलो, झरिलो र दरिलो प्रमाण पेश गरेको छ ।

अस्ति एकजना मित्रले मेरो कानभित्र सुटुक्क भने- यो देश लडाकूको मात्र हैन ल, डाँकूको पनि हो ।” उनको कुरा सुन्दा हो जस्तो लाग्यो । कतै राष्ट्रिय डाँकूहरूकै कारण राष्ट्रिय लडाकू जन्मेका त हैनन् ? दमाहाजस्ता पेट हुनेहरूले यो राष्ट्रको सम्पत्ति आफ्नै दम्पतिझैँ भोगचलन गरेका कारण दावा लागेका पेटहरूमा जलन भै लडेको ठेट लडाईँ त हैन ?

आणविक शक्तिको भक्ति गर्ने राष्ट्रले विश्वमा हालिमुहाली गर्न जाँगर चलाएर गमलाजस्ता राष्ट्रमा बीउ नै नभएको कुराको निहूँ झिकी हमला गरेको त थाहा थियो । तर अनौठो चैँ हाम्रो देशमा के छ भने एउटै मान्द्रोमा सुतेका, एउटै काखमा मुतेका, एउटै आन्द्रोबाट छुटेकाहरू एकआपसमा भिड्न जुटेका छन् । यहाँ मान्छे भुट्ने र कुट्ने कुटीर उद्योग फस्टाएको छ ।

यो देशमा हुनेवाला लाहुरे र लाहुरे हुन नसक्ने चाउरेहरूको तालिम भैरा’छ । दुबै तालिमको उद्देश्य मान्छे मार्ने सेवाको सामान्य ज्ञान दिलाउनु हो रे ! फरक चैँ के छ भने लाहुरे तालिम हुनेखानेका छोराहरूले र चाउरे तालिम नहुने नखानेका (नभएपछि के खानु ?) छोराछोरीले लिन्छन् रे ! लाहुरे तालिम स्वइच्छाले सहरमा सःशुल्क र चाउरे तालिम जङ्गलमा अनिवार्य तर निःशुल्क प्रदान गर्छन् रे !

मैले माथि ‘रे’ का ‘रे’ लेख्नुको कारण चैँ ‘रे’ नलेख्दा आफ्नै घाँटी रेटिने त्रासले हो । तपाईँहरूले ‘रे’ हटाएर पढ्नुभए हुन्छ ।
अब चाउरे भन्या के ? यसको अर्थ पनि मैले तपाइँहरूलाई आफ्नै दानापानी खाएर अर्थ्याउने पर्ने भो । धन्य हुनुहुन्छ यहाँहरू !

“होर … र … र पचपचपच भन्दै गोरु नचाउने, पेटमा हालेको अन्न चाँडै पचाउने, जुङ्गा आको झट्ट हेर्दा दिन नखाको, उमेर नपुग्दै गाला बत्तीसमुजा भा’कोलाई चाउरे भन्दा रैछन् । यिनीहरूको मुख्य खुराक बेकसुरमा मालिक भनाउँदाको हप्की, दप्की, खप्की खानु हो । जसमा भिटामीन ‘ए’ को त के कुरा भिटामीन ‘जेड’ पनि पाइँदैन । अनि उमेरले युवा भनेर के गर्नु हेर्दा जीबा जस्तो चाउरी परेका देखिन्छन् ।
यस्ता दुःखीदाखी जसको कण्डो छोप्न पाखीलेसमेत सौभाग्य प्राप्त गर्न सक्तैन, त्यस्ताको खिल्ली उडाउन सिल्लीहरूले “चाउरेपचाउरे कोदालाको बिँड, के खान्छस् चाउरे सुँगुरको लिँड” भन्ने उखान रचेर मरेछन् ।

०००
हेटौंडा- ४, भैरवपथ
‘फित्कौली’ प्रवेश अङ्क- १, भदौ २०६२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x