साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्यो है सक्यो

यहाँ रेल ल्याएर कान्ला उकाली म जोतेर छर्ने छु है अन्नबाली । भनी कुर्लदैथ्यो कडा सोर हाली, त्यसैले फुटायो दुवै कान-जाली । दुई ओठले देश सम्पन्नशाली- बनाएर छाड्ने कुरा गर्छ खालि ।

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल :

उँधोको छिमेकी उँभो ठेल्छ आली,
धनी खेतका व्यस्त छन् खान छाली ।
कुरा जोत्न मात्रै हुनाले सिपालु,
सबै खेत बाँझो रह्यो एसपालि ।

उजाड्दै छ है पुष्प-उद्यान माली
म गोड्दैछु भन्दै कुरा गर्छ जाली ।
सँगालो हसुर्ने कुरा मात्र गर्छ,
भयो ढेडुको मात्र हालीमुहाली !

यहाँ रेल ल्याएर कान्ला उकाली
म जोतेर छर्ने छु है अन्नबाली ।
भनी कुर्लदैथ्यो कडा सोर हाली,
त्यसैले फुटायो दुवै कान-जाली ।

दुई ओठले देश सम्पन्नशाली-
बनाएर छाड्ने कुरा गर्छ खालि ।
चिथोर्दैछ यो खेत तल्लाघरेले,
सक्यो है सक्यो देश हाम्रो हिमाली ।

०००
झापा
‘म फर्केर आएँ’ (२०७८)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसे ल
युगल बसे ल
1 year ago

छ तारीफ मेरो लिनु एक थाली😀😉

Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x