काेमलप्रसाद पोखरेलसक्यो है सक्यो
यहाँ रेल ल्याएर कान्ला उकाली म जोतेर छर्ने छु है अन्नबाली । भनी कुर्लदैथ्यो कडा सोर हाली, त्यसैले फुटायो दुवै कान-जाली । दुई ओठले देश सम्पन्नशाली- बनाएर छाड्ने कुरा गर्छ खालि ।

कोमलप्रसाद पोखरेल :
उँधोको छिमेकी उँभो ठेल्छ आली,
धनी खेतका व्यस्त छन् खान छाली ।
कुरा जोत्न मात्रै हुनाले सिपालु,
सबै खेत बाँझो रह्यो एसपालि ।
उजाड्दै छ है पुष्प-उद्यान माली
म गोड्दैछु भन्दै कुरा गर्छ जाली ।
सँगालो हसुर्ने कुरा मात्र गर्छ,
भयो ढेडुको मात्र हालीमुहाली !
यहाँ रेल ल्याएर कान्ला उकाली
म जोतेर छर्ने छु है अन्नबाली ।
भनी कुर्लदैथ्यो कडा सोर हाली,
त्यसैले फुटायो दुवै कान-जाली ।
दुई ओठले देश सम्पन्नशाली-
बनाएर छाड्ने कुरा गर्छ खालि ।
चिथोर्दैछ यो खेत तल्लाघरेले,
सक्यो है सक्यो देश हाम्रो हिमाली ।
०००
झापा
‘म फर्केर आएँ’ (२०७८)










































छ तारीफ मेरो लिनु एक थाली😀😉