साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेइमानी

नदी ताल खोला रुँदै छन् डराई घटेको घट्यै देख्छु हाम्रो तराई सधैँ फाल्छ पासो लुकी राजधानी अझै बढ्न थाले यहाँ बेइमानी ।

Nepal Telecom ad

बिन्दु दाहाल मुकदर्शक :

बढे तीव्र लार्भा जतै वृक्ष मारे
जरा फेद टुप्पो वृथा नष्ट पारे
सबै खन्चुवा छन् भएनन् इमानी
अझै बढ्न थाले यहाँ बेइमानी ।

खरानी बनाए सबै कारखाना
अझै रिक्त पारे भएको खजाना
जतै प्वाल पार्छन् झुटा छ्न् दिवानी
अझै बढ्न थाले यहाँ बेइमानी ।

लुटेको लुट्यै छन् सधैँ देशलाई
लुटी खान पल्के गरी यी रजाइँ
दही मथ्छ भोकै भयो झन् मदानी
अझै बढ्न थाले यहाँ बेइमानी ।

झिँगा लामखुट्टे जुका छन् असाध्य
यहाँ बाँच्नलाई भयो झन् दु:साध्य
उदाएन रातो सुनौलो बिहानी
अझै बढ्न थाले यहाँ बेइमानी ।

नदी ताल खोला रुँदै छन् डराई
घटेको घट्यै देख्छु हाम्रो तराई
सधैँ फाल्छ पासो लुकी राजधानी
अझै बढ्न थाले यहाँ बेइमानी ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x