उत्तम विचारनयाँ वर्ष त आयो तर नयाँ के आयो ?
चोरलाई महान् बनाउन भजन मण्डलीहरू प्रशस्त बनेका छन् नयाँ वर्ष त आयो तर नयाँले त विचारको खाडल प्रशस्त खनेका छन् । रूप रङ्ग बदलेर नयाँ वर्ष त आयो वातावरण झन् दुर्गन्धित बनायो ।

डा. श्रीराम अधिकारी :
बागमती सलल बग्थिन्
पौडी खेल्थ्यौँ – पानी पिउँथ्यौँ
सफा निर्मल पानी थियो
मानौं एकादेशको कथा थियो ।
हिजोआज फोहोर फालेको फाल्यै छ
सफाई अभियान यहाँ चलेको चल्यै छ
हाम्रा नदी फोहोर फाल्ने कन्टेनर जस्ता
नेतृत्व भने फोहोरमै खेल्ने सुङ्गुर जस्ता ।
रूप रङ्ग बदलेर नयाँ वर्ष त आयो
तर नयाँले झन् दुर्गन्धित बनायो ।
शहर त्यतिबेला सुनसान सफा थियो
युरोप झल्काउने ट्राफिक बत्ती
सुसज्जित कला कौशल
सभ्यताले भरिपूर्ण शहर थियो
मानौँ स्वर्गको द्वार यहीं थियो ।
नयाँ त आयो तर कोलाहाल बनेर
दूषित वातावरणको नमुना भएर
धुलो – धुवाँ – ध्वनि प्रदूषण बनेर
नयाँ वर्ष त आयो –
नयाँले झन् झन् कष्टकर बनायो।
जीवन थियो जीवन्तताको लागि
बुद्धि विवेकको प्रतिस्पर्धा हुन्थ्यो
कला निर्माणका लागि संघर्ष हुन्थ्यो
चोरलाई सुली हुन्थ्यो
अहिले, चोरको बोलबाला छ
उसैको खबरदारीको चाला छ ।
चोरलाई महान् बनाउन भजन मण्डलीहरू
प्रशस्त बनेका छन्
नयाँ वर्ष त आयो तर नयाँले त
विचारको खाडल प्रशस्त खनेका छन् ।
रूप रङ्ग बदलेर नयाँ वर्ष त आयो
वातावरण झन् दुर्गन्धित बनायो ।
०००
गौरीघाट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































