सुरेशकुमार भट्टसोमबारे औंशी, नबोली नुहाउँछी
हो नि हगि केटी हो “सोमबारे औंशी, नबोली नुहाँउछी” कान्छी आमाले भन्दै हाँसिन्। सबै हललल हॅासे। खुरू खुरू घरतिर बाटो लागे।

सुरेशकुमार भट्ट :
हिन्दू शास्त्र र परम्परामा एकादशी तिथि भन्ने बित्तिकै स्त्री लिंगी र त्यो आईमाईको नामले सम्झने दिन हो भन्ने प्रष्ट हुन्छ। किन कि विष्णु भगवानको पुरक कि रूपमा स्त्री लक्ष्मी मानिन्छिन्। त्यसैले सबै एकादशी शक्ति पुरूषको सहायक रहेकि स्त्री आइमाई / जनाना जनाऊने नामबाट पुकारिन्छ। चाहे हरिशयनी / हरिको ओच्छ्यानकी / हरिको आशनी भनियोश् वा हरि बोधिनी हरि / विष्णुलाई बुझेकी/ हरि बोध हुनी अर्थात् हरिकी प्रतिमुर्ति।सोमवती, हरि परिवर्तिनी, पुत्रदा चाहे जुन होस् महिनाको दुईवटाले २४ एकादशी सबै नै स्त्री नामका छन्। त्यसै गरी ओंशी / अमावश्य पनि केहि आइमाईकै नामका महत्वका रहेका छन्।
तेस्तै औंशीको पनि विभिन्न महत्व र बिघ्नत्व दर्शाइएको छ। वर्षमा चारवटा रात्री विशेष मानिएका छन्। मोहरात्री भाद्र कृष्णाष्टमीको रात (भगवान कृष्णकाे जन्म ) मोहनीरूपका श्रीक्रिष्णको जन्मलाई मोहको रुपको रात मानिन्छ।
कालरात्री आश्विन महानवमी उदाउदो रात जस्मा भगवतीलाई महाकालरात्रीको रूपमा रातको स्तब्धतामा बली दिएर पूजा गरिन्छ। तेसैले यस दिनलाइ कालरात्रीको रूपमा मानिन्छ। तेस्तै कार्तिक शुक्ल अमावश्य / ओंशीको रातलाई लक्ष्मी पूजाको दिनको रातलाई सुखरात्री मानिन्छ किन कि लक्ष्मीको पूजन गरिन्छ। लक्ष्मी सुखको प्रतिक मानिन्छिन्। तेसैले त यस रातलाई सुखरात्रीको रूपमा मनाइन्छ।
औंशीको दिनमा जन्मिएको छोरालाई औंश्याहा र छोरीलाई औंशेई भन्ने चलन छ। यस्ता औंश्याहा र औंशेईसॅग अरूदिनमा जन्मनेले विवाह गर्दैनन्। औंश्याहासँग औंशेईको मात्र विवाह हुन्छ। तर कतिपयले सुखरात्रीमा अर्थात् लक्ष्मी पूजाको दिन जन्मिएकी कन्यालाई चन्द्र देखिने औंशी भनेर बार्दैनन्। ॲाटेर विवाह गर्दछन्।
तेसैगरी माघ शुक्ल चतुर्दशीको दिनमा अर्थात् महाशिवरात्री मानेर पूजन जाग्रम गरिन्छ। शिवोपाशना गरी मध्यदिनमा पुजागरी रातमा जाग्रम रहने हुँदा महारात्री मान्ने गरिआएकोले यस रातलाई महारात्री अर्थात् महाशिवरात्री भनी मानि आइएको छ।
यति मात्र हैन भाद्र शुक्ल चतुर्दशीको साँझमा चन्द्रमा एक छिन देखिन्छन् तेति बेला अर्थात् त्यो रातको चन्द्नमा हेरेमा चोरीको दोष लाग्ने हुनाले कोहि पनि त्यो दिनको साँझमा चन्द्रमा हेर्दैनन्। भगवान श्री कृष्णलाइ समेत तेही चौथीको जुन हेरेकोले श्लेष्मान्तक मणी चोरीको दोष बेहोर्न पर्याे भन्दछन्।
बैशाख शुक्ल अमावश्यलाई मातातीर्थ अर्थात् आमाको मुख हेर्ने दिनको रूपमा आमाको सम्मान गरिने हुनाले यसलाई मातादिवस/ आमा दिवसका रूपमा मनाइन्छ। आमालाई सम्मान गरी मिठा मिठा खानेकुरा खुवाइन्छ।
त्यसैगरी भाद्र कृष्ण औंशी / कुशे औंशीलाई पित्री औंशी पनि भनिन्छ। पित्रीहरूलाई तर्पण पानी श्राध्द पिण्ड दिइन्छ। तेसैगरी जीवित पिता / बाको अनुहार हेर्ने दिनका रुपमा मानिन्छ। पितालाई सम्मान गरी मिठामिठा परिकार खुवाइन्छ।
उपकथा-२-
सोमबारे औंशी आई, नबोली नबोली नुहाऊ भाइ’ सोम बारे औंशी आउँछी, फतली नबोली नबोली नुहाउँछी” भनेर अघिल्लै दिन उखान टुक्का र गफ गर्ने गर्छन्। त्यसैले ॲापचौर गाउँका अधवैशे आइमाईहरू बेनीमा नुहाउन जान हिजोकै सल्लाह अनुसार काजीको चौतारामा छ वटी जम्मा भएर राँको र दियालो बालेर नबोली नबोली ओरालो बाटो लागे। सोमवती अर्थात सोमबारे औंशी भन्ने बित्तिकै नबोलीकन नुहाउने दिन भन्ने परम्परानै बसेको थियो। तेसैले बिहानको ब्रम्हमुहुर्तमा उठेर नबोली नबोली गंगा, सागर, नदी, तीर्थ वा पँधेरामा गइन्छ। यी छ वटी आईमाई पनि रात अलिकति बाँकिनै भएकोले मन मनमा डर लिएर पनि धर्म संस्कारका लागि दरौंदी र बेनीको संगम बेनीघाटमा सोमवती औंशी स्नानका लागि ओरालो झरेका थिए।
ओरालो झर्दै गर्दा अघिअघि स्याल कुनै संकोच नै नमानि हिंडिरहेको धेरै बेरपछि सबभन्दा अगाडि हिँडेकी काईलीले भनी ‘कस्तो नकचरो स्याल बाटै नछोडी हिँडीराछ, साईलीले भनिन् अं तनि है, मैले त अघिनै देखेर र नि नभनेको दिदी कान्छीले भनी। ठूल्दिदीले भनिन् यो स्याल बहिरो छ कि केहो.। ’हो है दिदी डल्लीले भनी। कान्छी आमैले भनिन् छ्या नबोली हिँडन ठुटी हो बिर्स्यौ सोमबारे औंशी।” अँ त नि आमाले झैं नबोली हिंड्न पर्थ्यो नि है। ”साईलीले भन्ने बित्तिकै सबै हलल हाँसे।” हल्लाले हो कि किन हो स्यालले पनि बाटो छोडेर जंगल पस्यो। ऊनीहरू पनि चुपचाप नबोली नबोली खोला झरेर घाटतिर लागे। किनारामा लुगा राखेर झिसमिसे उज्यालो भै सकेता पनि अरू मानिस वारी पारी नआई पुगेकाले गुन्यु मात्र लाएर भकाभक पानीमा डुबुल्की मार्दै निस्कदै मजेत्रोले मुख पुछ्दै गर्न थाले। अई केटी हो अब त बोले भो नि है कस्तो चिसो जाडो भो हेर काँडा फुलेको भन्दै कान्छी आमाले गुन्यु फालेर अर्को गुन्यु टाउका तिरबाट उनिन् ।
अरूले भने हो त नि है घाटमा त को बोल्यो र नहुवाई। धन्न रात छँदै बोले पनि उज्यालो भएपछि बोले नौ नि यत्तिले भनेनि ईज्जत राखि दियो “ साईलीले हँसाई सबैलाई ।“ हो नि हगि केटी हो “सोमबारे औंशी, नबोली नुहाँउछी” कान्छी आमाले भन्दै हाँसिन्। सबै हललल हॅासे। खुरू खुरू घरतिर बाटो लागे।
०००
काठमाडाैं । हाल:अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































