साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखिया नाङ्गै हुँदा पनि

पढेलेखेका दास कार्यकर्ताहरु विरोध गर्दैनन् स्वार्थको लागि आफ्नो मुखिया नाङ्गै हुँदा पनि ताली बजाउँदो रहेछ

Nepal Telecom ad

सुदन लुइटेल :

आफैले आफैलाई अविश्वास गर्ने दिन पनि आउँदो रहेछ
लगौटी भए नि लगाउछु रे धोती फुस्किसकेसि बताउँदो रहेछ

सुशासन भएन कुशासन भयो भनेर आफै स्विकार गरेसि
कुशासककै नेतृत्वमा सुशासन आयोग गठन गर्न पाउँदो रहेछ

तार चोरेको सम्झिनेले महाकाली बेचेको बिर्सन कसरी मिल्छ ?
आफूले लुटिरहँदा अर्को लुटेरा आयो भन्दै कराउँदो रहेछ

पढेलेखेका दास कार्यकर्ताहरु विरोध गर्दैनन् स्वार्थको लागि
आफ्नो मुखिया नाङ्गै हुँदा पनि ताली बजाउँदो रहेछ

पार्टीका कार्यकर्ता शिक्षकले पनि अविश्वास गर्न थालेसि
खाइपाइ आएको कुर्सिनै हल्लाउँछ कि भनि सताउँदो रहेछ ।

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x