साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुहारीको खोजीमा

कस्ता परून् सम्धी मेरा कस्ती समधिना ? साठी काटी तीसपैँतीसका लागून् दुवैजना ब्युटी पार्लर नधाउने सम्धिना नपरून् झल्कै देख्दा जोरीपारी ठहरै नै मरून् ।

Nepal Telecom ad

युगल बसेल :

बालो छोरो पैँतीसको, घरजम गर्ने बेला
बीस एक्कीसकी प्रौढा कन्ने कल्ले जुराइदेला ?
जागिर व्यापार गर्नेलाई प्राथमिकता पहिलो
सही बुहारी, रही व्यापार दर्शन होस् पढेको

अनुभव ग्राह्यतामा जहाँ पनि पर्छ
अनाडी वा सिकारुलाई तालिम कल्ले गर्छ ?
छोरो भुसतिघ्रे ज्यानको पेट खाइलाग्दो
एक मानैले आघाउने खुराक टीठलाग्दो !

सुन्दर ध्वाँसे केटो मेरो भकारी झैं पुष्ट
कोकोकोला फिगरवाली दुलही अभिष्ट
बालो अल्छी छैन सोह्र घण्टा नेटमा व्यस्त
यस्तो उम्दा जुवाईँ भाग्य हुनेले नै भेट्छ

दाइजो धेरै चहिँदैन म त लोभ नभा’को
दस बीस पेटीले नै निभ्छ मनको आगो
चाहिँदैन सुन पनि पाँच सात तोला
दान गरे पुण्य, धर्म उनैलाई होला

औँठी, सिक्री, छड्के के के ब्रासलेट रूप
रूप फरक, सार एउटै नबुझ्ने पो को छ ?
झन्झट र लफडा धेरै सम्धीले नलिऊन्
जन्तेबाख्रो ख्वाउन मोटा खसी मात्रै दिऊन्

कस्ता परून् सम्धी मेरा कस्ती समधिना ?
साठी काटी तीसपैँतीसका लागून् दुवैजना
ब्युटी पार्लर नधाउने सम्धिना नपरून्
झल्कै देख्दा जोरीपारी ठहरै नै मरून्

सम्धी होऊन् मुस्किवाला सम्धिना चेपारे
लमी / कल्लियाज्यू , मलाई यस्तै घरमा पारे
सम्धीज्यूको ढुकुटीको ढुकढुकी नबढोस्
भेटमा खाममा चार पाँच हात्ती मात्रै चढोस्

शील, गुण, रूपवती खोजिदेऊ कन्ने
´पहिला आफ्नो ऐना हेर` मलाई नभने ।

०००
सन्धिखर्क

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
उत्तम
उत्तम
1 year ago

गजबको। छोरा मात्र भएकाका लागि अझै धेरै राम्रो।

युगल बसेल
युगल बसेल
1 year ago

❤️

Krishna Acharya
Krishna Acharya
1 year ago

सुन्दर

युगल बसेल
युगल बसेल
1 year ago

❤️

Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
4
0
Would love your thoughts, please comment.x
()
x