साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहृदयी लिलिपुटलाई !

दान पाएको बात्सल्य ओढेर मेरो पसिनाको नील गङ्गा-धमिल्याउन खोज्दैछ विचरा मेरो लिलिपुट साथी । तर कसले सम्झाइदेला उसलाई उचालेको कुकुरले मृग मार्दैन !!

Nepal Telecom ad

डा. नवराज लम्साल :

विचरा मेरा लिलिपुट साथी
भिजेको ब्वाँसोझैँ
कालो झोलाले लाज छोपेर
टुकुर टुकुर हिड्छ !

ऊ स्वयम् चेतनाको बिर्खे टोपी झिकेर
सागर ताकेर हिँड्छ सपनामा
सपना- उसको भावनाको उत्पात खेती
हर बिहान ऊ- योजना बुनेर
घस्रिन्छ सहरमा
यो सहर उसको मात्रै पनि हैन
साँझ खुसी हुन्छ कामले
भोलि बिहान
आफ्नै काम आफैँतिर फर्कन्छ अपराध बनेर
ऊ- पश्चातापको बर्कोले छोप्छ खुनीमुख
र बिना झरीमा रूझेर
खोच्याउँदै हिंड्छ आस्था लुखुरलुखुर !
विचरा मेरा लिलिपुट साथी !

उसलाई घृणा छ उसकै पुर्खामाथि
रगत बेचेर- लादी हसुर्ने
ढु‌ङ्ग्यान बस्तीको बगरे बीउ
विचरा नालीको मूलाझै सप्रन खोज्छ
विडम्बना- कुन समयको श्राप हो
ऊ आफैं चिप्लन्छ- आफैं भत्कन्छ
आफ्‌नै कुटिल आस्थाको बेनामे लिस्नोबाट !

ऊ भाँड हो समूहको
भाँडेर पुज्न चाहन्छ ढुङ्गेगुरु
गुरु पनि चेतना बेचेर खाँदैथे
जिब्रोले सुको टिपेर नालीमा
ऊ खाली हात पुज्न खोज्छ औंसी
औंसीका सन्तान गुरु थापेर
कठै के उज्यालो पाउलान्
विचरा मेरा लिलिपुट साथी !

ऊ छोप्न खोज्छ मेरो आँखा
दुर्भाग्य उदाइदिन्छ घाम
ऊ रोक्न खोज्छ मेरो गोरेटो
दुर्भाग्य खुलिदिन्छ राजमार्ग
उसको कालो नीलो डाम यात्राको
पोल्छ उसकै आँखा, मन र पाइलो
खसालेर आकाश
न त छोप्न सक्छ वापतीको फूलबारी
ऊ स्वयम् च्यातिन्छ कठै घुजा धुजा भएर ।

चन्दा मागेको खुशी
भिक्षा मागेको आशीर्वाद
दान पाएको बात्सल्य ओढेर
मेरो पसिनाको नील गङ्गा-धमिल्याउन खोज्दैछ
विचरा मेरो लिलिपुट साथी ।

तर कसले सम्झाइदेला उसलाई
उचालेको कुकुरले मृग मार्दैन !!

०००
आगो छोपेर कतिन्जेल (२०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x