साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहृदयी लिलिपुटलाई !

दान पाएको बात्सल्य ओढेर मेरो पसिनाको नील गङ्गा-धमिल्याउन खोज्दैछ विचरा मेरो लिलिपुट साथी । तर कसले सम्झाइदेला उसलाई उचालेको कुकुरले मृग मार्दैन !!

Nepal Telecom ad

डा. नवराज लम्साल :

विचरा मेरा लिलिपुट साथी
भिजेको ब्वाँसोझैँ
कालो झोलाले लाज छोपेर
टुकुर टुकुर हिड्छ !

ऊ स्वयम् चेतनाको बिर्खे टोपी झिकेर
सागर ताकेर हिँड्छ सपनामा
सपना- उसको भावनाको उत्पात खेती
हर बिहान ऊ- योजना बुनेर
घस्रिन्छ सहरमा
यो सहर उसको मात्रै पनि हैन
साँझ खुसी हुन्छ कामले
भोलि बिहान
आफ्नै काम आफैँतिर फर्कन्छ अपराध बनेर
ऊ- पश्चातापको बर्कोले छोप्छ खुनीमुख
र बिना झरीमा रूझेर
खोच्याउँदै हिंड्छ आस्था लुखुरलुखुर !
विचरा मेरा लिलिपुट साथी !

उसलाई घृणा छ उसकै पुर्खामाथि
रगत बेचेर- लादी हसुर्ने
ढु‌ङ्ग्यान बस्तीको बगरे बीउ
विचरा नालीको मूलाझै सप्रन खोज्छ
विडम्बना- कुन समयको श्राप हो
ऊ आफैं चिप्लन्छ- आफैं भत्कन्छ
आफ्‌नै कुटिल आस्थाको बेनामे लिस्नोबाट !

ऊ भाँड हो समूहको
भाँडेर पुज्न चाहन्छ ढुङ्गेगुरु
गुरु पनि चेतना बेचेर खाँदैथे
जिब्रोले सुको टिपेर नालीमा
ऊ खाली हात पुज्न खोज्छ औंसी
औंसीका सन्तान गुरु थापेर
कठै के उज्यालो पाउलान्
विचरा मेरा लिलिपुट साथी !

ऊ छोप्न खोज्छ मेरो आँखा
दुर्भाग्य उदाइदिन्छ घाम
ऊ रोक्न खोज्छ मेरो गोरेटो
दुर्भाग्य खुलिदिन्छ राजमार्ग
उसको कालो नीलो डाम यात्राको
पोल्छ उसकै आँखा, मन र पाइलो
खसालेर आकाश
न त छोप्न सक्छ वापतीको फूलबारी
ऊ स्वयम् च्यातिन्छ कठै घुजा धुजा भएर ।

चन्दा मागेको खुशी
भिक्षा मागेको आशीर्वाद
दान पाएको बात्सल्य ओढेर
मेरो पसिनाको नील गङ्गा-धमिल्याउन खोज्दैछ
विचरा मेरो लिलिपुट साथी ।

तर कसले सम्झाइदेला उसलाई
उचालेको कुकुरले मृग मार्दैन !!

०००
आगो छोपेर कतिन्जेल (२०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x